Gospel God in Hindu & Budhist's home
आवरण बढ्दैछ इसाई जनसंख्या उपेन्द्र पोखरेल फागुन १२ गते हिन्दुहरूको चाड महाशिवरात्रि थियो । भक्तजनहरू पैदल नै पशुपति दर्शनका लागि जाँदै थिए । पैदलयात्राको फाइदा भने एक पश्चिमा मूलका इसाई धर्मप्रचारकले उठाइरहेका थिए । उनी तिलगंगाछेउमा बिनाहिच्किचाहट 'योहन्नाको सु-समाचार' उल्लिखित पर्चा भक्तजनका हात-हातमा थमाउँदै थिए ।