Sunday, April 12, 2009

Gospel God in Hindu & Budhist's home



आवरण
बढ्दैछ इसाई जनसंख्या
उपेन्द्र पोखरेल
फागुन १२ गते हिन्दुहरूको चाड महाशिवरात्रि थियो । भक्तजनहरू पैदल नै पशुपति दर्शनका लागि जाँदै थिए । पैदलयात्राको फाइदा भने एक पश्चिमा मूलका इसाई धर्मप्रचारकले उठाइरहेका थिए । उनी तिलगंगाछेउमा बिनाहिच्किचाहट 'योहन्नाको सु-समाचार' उल्लिखित पर्चा भक्तजनका हात-हातमा थमाउँदै थिए । यसरी धार्मिक सहिष्णुतासमेत बिर्सेर देवीदेवताका पीठ, मन्दिर तथा बौद्ध तीर्थस् थलहरू जाने र र्फकने भक्तजनहरूलाई लक्ष्य गरेर यस्ता पर्चा थमाउने क्रम पछिल्लो समयमा बढेको छ । प्रचारकहरू घरघर पुगेर तथा सार्वजनिक स् थलहरूमा समेत इसाई धर्म फैलाउनका लागि सक्रिय छन् । इसाईभित्र रहेका दुवैथरी रोमन क्याथोलिक र प्रोटेस् टेन्ट सम्प्रदायका अनुयायीहरू प्रचारमा संलग्न छन् । तर, क्याथोलिकहरूको गतिविधि धर्म प्रचार कम र सामाजिक सेवामा बढी देखिने गरेको छ । धर्म प्रचारमा प्रोटेस् टेन्टका विभिन्न समुदाय बढी सक्रिय छन् । प्रचारको त्यही शैलीको परण्िााम हो, करबि दुई दशकभित्र नेपालमा इसाई धर्मावलम्बीहरू कुल जनसंख्याको दुई प्रतिशतभन्दा बढी भइसकेका छन् । अरू धर्मावलम्बीका आस् थाका केन्द्रहरूमा त्यसरी प्रचार गर्ने तरकिाप्रति आपत्ति जनाउँछन्, राष्ट्रिय मण्डली परष्िाद्का महासचिव एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस् य कालीबहादुर -केबी) रोकाया । भन्छन्, "यो गलत शैली हो, प्रचार गर्दा धार्मिक सहिष्णुता बिर्सनु हुन्न ।"
प्रचार कार्यनीतिइसाई धर्मको प्रचारका लागि पश्चिमा देशका धार्मिक संघसंस् थाहरूको ध्यान नेपालमा केन्दि्रत रहिआएको छ । त्यसको प्रमाण २०५९ पुस २०-२७ मा राजधानीको बूढानीलकण्ठ पार्क भिलेज रसिोर्टमा सम्पन्न पश्चिमा देशका धर्मप्रचारकहरूको अन्तर्राष्ट्रिय कार्यभेला हो । हिमालयन पार्टनर्स नामको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस् थाले संयोजन गरेको उक्त कार्यभेलाले नेपाल, भुटान, सिक्किम र तिब्बतसमेत समेटेर हिमाली क्षेत्रमा चर्चहरूको संख्या विस् तार र धर्म प्रचारको गोप्य रणनीति 'हिमालय रणनीतिक योजना'लाई अन्तिम रूप दिएको थियो । हिमाली क्षेत्रहरूमा चर्चहरू स् थापना गर्न नेपाली इसाई संघसंस् था तथा यहाँस् िथत पश्चिमेली कूटनीतिक नियोगहरूको सहयोग लिइने रणनीति कार्यभेलाले तयार गरेको थियो । कमजोर आर्थिक, सामाजिक अवस् था र द्वन्द्वको स् िथतिबाट गुजि्ररहेका हिमाली क्षेत्रमा सेवा र सद्भावको माध्यमबाट इसाई धर्म प्रचार गर्ने रणनीति कार्यभेलाले तय गरेको थियो, जसमा मुख्य तीन रणनीति थिए । पहिलो, अहिलेसम्म इसाई धर्म प्रचार गर्न नसकिएका क्षेत्रमा पुग्नु । दोस्रो, विपन्न भौगोलिक क्षेत्रमा पुग्नु । र तेस्रो, राष्ट्रियस् तरका गिर्जाघरहरूलाई सशक्त बनाउनु । त्यही रणनीति अनुसार राई, लिम्बू, नेवारी, तिब्बतीलगायतका नेपालका करबि २० मातृभाषामा बाइबलको अनुवाद भइसकेको छ । कार्यभेलाको रणनीति अनुरूप नै अहिले नेपाललाई आधार बनाएर मिसनरीहरू खटिने क्रम सुरु भइसकेको छ । नेसनल चर्चेज फेलोसिप नेपालको 'मिसन्स कमिसन अफ नेपाल' योजना अनुरूप ३० जना नेपाली इसाई मिसनरीहरूले भुटान, भारत, मलेसियासम्म पुगेर सेवासँगै धर्म विस् तारका लागि उत्प्रेरकको काम गररिहेका छन् । त्यस रणनीतिले नेपालमा समेत राम्रै काम गरेको छ । नेपाल रसिर्च एन्ड रसिोर्स नेटवर्कको एक सर्वेक्षण अनुसार, ०६४ सालसम्ममा नेपालमा चर्चको संख्या २ हजार ७ सय ९९ नाघिसकेको छ । विसं ०१९ सालसम्म नेपालमा गिर्जाघरहरूको संख्या केवल दुई थियो । ०४६ सालसम्म आइपुग्दा लुकीछिपी निर्माण गरएिका गिर्जाघरको संख्या २ सय ९२ पुग्यो । र, ०५९ सालसम्म पुग्दानपुग्दै यो संख्या १ हजार ८ सय ३९ भइसकेको थियो । अझ, नेसनल चर्चेज फेलोसिप -एनसीएफ) नेपालका मनोज प्रधानांग नेपालमा पाँच हजार गिर्जाघरहरू बनिसकेको दाबी गर्छन् । उनका भनाइमा वाषिर्क १२ प्रतिशतका दरले नेपालमा चर्चको संख्या थपिइरहेको छ । प्रधानांगका अनुसार, पञ्चायतकालमा लुकीछिपी मात्र धर्म परविर्तन गर्ने र गराउने काम हुन्थ्यो । तर, धर्म प्रचार र चर्च वृद्धिको क्रम पूरै रोकिएको भने थिएन । ०४९ देखि ०५२ को अवधिलाई चर्च वृद्धिको स् वणिर्म अवधिका रूपमा नेटवर्कले आफ्नो रपिोर्टमा उल्लेख गरेको छ । उक्त समयमा प्रतिवर्ष २१ प्रतिशतका दरले चर्चको वृद्धि भएको थियो । राजधानी उपत्यकाका तीन जिल्लामध्ये चर्चको संख्या ललितपुरमा सबैभन्दा बढी १ सय ३८ छ । ललितपुरको जनसंख्याको ८.७८ प्रतिशत अर्थात् २७ हजार २ सय ८६ जना इसाई छन् । नेपालमा इसाईकरणको अभ्यास १७औँ शताब्दीमा ललितपुरबाटै सुरु भएको थियो । अहिले अधिकांश इसाई मिसनरी र संस् थाहरूले आफ्नो मुख्य आधार पनि ललितपुरलाई नै बनाएका छन् । काठमाडौँमा १ सय ३२ वटा चर्च र २६ हजार ६ सय ९२ इसाई धर्मावलम्बी छन् । भक्तपुरमा ३९ वटा मात्र चर्च छन् भने ५ हजार ६ सय १९ जना इसाई छन् । राजधानीबाहिर धर्मान्तरण गर्नेमा मकवानपुर सबैभन्दा अगाडि छ, जहाँ १ सय ३६ चर्च र २४ हजार ८ सय ३१ इसाई धर्मावलम्बी छन् । यहाँ तामाङ र चेपाङ समुदायमा इसाई धर्मावलम्बी देखिएका छन् । पिछडिएका जातिलाई लक्षित गरेर मकवानपुरमा मिसनरीहरूले गरेको सामाजिक काम नै धर्म विस् तारको प्रमुख कारण भएको जानकारहरू बताउँछन् । त्यसपछि धादिङमा ८७ वटा चर्च र २१ हजार ५ सय ७२ अनुयायी छन् । तामाङ जातिको बसोबास रहेका उत्तरी धादिङका पाँच गाविसमा इसाईहरूको बाहुल्य नै छ । चितवनमा ८८ चर्च र १० हजार ५ सय ९३ इसाई छन् । सुदूरपश्चिमको कैलालीमा ७९ चर्च र १० हजार १ सय ८८ अनुयायी छन् । सुदूरपश्चिममा इसाई वृद्धिका लागि कैलालीलाई आधार बनाइएको एक इसाई नेता बताउँछन् । अछाम, डोटीतिरबाट कैलाली बसाइँ सरेका दलितहरूलाई प्रचार र सामाजिक कार्यमार्फत धर्मान्तरण गर्न प्रेरक भएका छन् मिसनरीहरू । चितवनको भरतपुरस् िथत होटल कि म्यान रजिर्भ नै गरेर ०५० सालमा इसाई मिसनरीहरूको एक समूह बसेको थियो । उनीहरूले रोगीहरूलाई येशुका नाममा औषधि दिएर र प्रार्थना गरेर दलितहरूको ठूलो संख्यालाई प्रभावित तुल्याएका थिए, जो पछि इसाई भए । बालबच्चा पढाइदिने, विदेश पठाइदिनेजस् ता कार्यले पनि उनीहरूलाई इसाई बन्न प्रेरति गरेको हो । सोही समयमा रसुवाको चिलिमे र धादिङको उत्तरी क्षेत्रमा समेत मिसनरीहरूको व्यापक उपस् िथति देख्न सकिन्थ्यो । डोटीको दिपायलमा खोलिएको कोरयिन मिसनरी स् कुल र चर्चले बालबच्चालाई निःशुल्क पढाइदिएर स् थानीय बासिन्दालाई इसाई बन्न प्रेरति गरेको थियो । माओवादी विद्रोह सुरु हुनुअघि मध्यपश्चिमका रुकुम, रोल्पालगायतका जिल्लामा गाँजा-अफिमको खेती हुने गथ्र्याे । सन् '६० को दशकमा लागू गरएिको राप्ती उपत्यका एकीकृत ग्रामीण विकास परयिोजनाले त्यस क्षेत्रमा गाँजा र अफिम खेतीविरुद्ध सुरु गरेको अभियानसँगै इसाई मिसनरीहरू पनि प्रवेश गरे । माओवादी विद्रोह नजिकबाट नियालेका सेनाका अवकाशप्राप्त एक जर्नेलका अनुसार, द्वन्द्व सुरु भएपछि भने कम्युनिस् ट र लागूपदार्थको कारोबारले गति लियो तर इसाईकरण ह्वात्तै घट्यो । कम्युनिस् ट बढाउन शिक्षकहरूलाई प्रयोग गरएिको बताउने उनको दाबी छ, "त्यसरी नै इसाई प्रचारकहरूले पनि शिक्षकहरूलाई धर्म प्रचारको माध्यम बनाएका थिए ।" छात्रवृत्ति, निःशुल्क शिक्षा, विदेश जाने कोटा आदिलाई प्रचारकहरूले धर्म विस् तारको रणनीतिका रूपमा अपनाएका थिए ।
दस गुणाको वृद्धिसर्वेक्षणहरूले इसाई धर्मावलम्बी कुल जनसंख्याको दुई प्रतिशत नाघिसकेको देखाएका छन् । त्रिभुवन विश्वविद्यालयमा मानवशास् त्र पढाउने सौभाग्यजंग शाह भन्छन्, "धर्मनिरपेक्ष राष्ट्र घोषित भएपछि प्रचारकहरूलाई अझै सहज भएको छ ।" इन्टरडिसिप्लिनरी एनालिस् ट -आईडीए) नामक संस् थाको सर्वेक्षणमा पनि इसाई धर्म बढ्दो क्रममा देखिएको छ । ०६५ को साउन-भदौमा गरएिको सर्वेक्षणमा इसाईको जनसंख्या १.५ प्रतिशत देखिएको छ । तर, भर्खरै सम्पन्न अप्रकाशित अर्को सर्वेक्षणमा भने इसाईहरूको जनसंख्या दुई प्रतिशत नाघिसकेको छ । जबकि, ०५८ सालको जनगणनामा इसाई धर्मावलम्बीहरूको संख्या ०.५ प्रतिशत थियो । अझ राणाशासन समाप्तिलगत्तै ००८ सालमा भएको जनगणनामा इसाई जनसंख्या ०.०५ प्रतिशत मात्र थियो । "नेपालमा इसाईर्हरूको जनसंख्या १० गुणाको दरले बढिरहेको देखिन्छ," समाजशास् त्री सुधीन्द्र शर्मा भन्छन् । सन् २००६ को नेपाल क्याथोलिक डाइरेक्ट्रीले नेपालमा १० लाख क्रिस्चियन भएको दाबी गरेको छ, जसमा ७ हजार ५ सय मात्र क्याथोलिक छन्, बाँकी सबै प्रोटेस् टेन्ट हुन् । प्रोटेस् टेन्ट समुदायले इसाई धर्म प्रचार गर्नुलाई आफ्नो दायित्वका रूपमा बुझ्ने गरेकाले इसाईर् हुनेहरूको संख्या तीव्र वृद्धि भइरहेको शर्मा बताउँछन् । मानवशास् त्री शाह इसाईकरणको अभियान विश्वव्यापी सञ्जालबाट सञ्चालन भइरहेको उल्लेख गर्छन् । भन्छन्, "यसमा राजनीतिक र आर्थिक उद्देश्य पनि गाँसिएको छ, त्यसको एक उदाहरण अमेरकिी राष्ट्रपतिहरूले इसाई पादरीहरूसँग गर्ने नियमित बैठक पनि हो । जबकि अमेरकिा धर्मनिरपेक्ष राष्ट्र हो ।" शाहका अनुसार, धर्म परविर्तन गर्नेहरूमा अधिकांश भोट-बर्मेली समुदाय र उत्पीडित जातिका छन् । आफ्नो बलियो र संरचनायुक्त धार्मिक परम्पराको अभाव र सामाजिक विभेदका कारण नयाँ धर्मप्रति उक्त समुदाय आकषिर्त भएको उनको विश्लेषण छ । किनभने, तिब्बती लामापन्थ र पहाडी हिन्दु धर्मको मिश्रति रूपजस् तो लाग्ने धर्म यस समुदायले मान्दै आएको छ । शेर्पा जाति र मनाङबासी उत्तरी भेगका बासिन्दा एकाधले मात्र धर्म परविर्तन गरेको पाइन्छ । कारण हो, बलियो तिब्बती बौद्ध परम्परा अँगालेका यी तिब्बती भाषाभाषीमा विचलनको सम्भावना कम छ । यस् तै, दक्षिणका बासिन्दा पनि सुस् पष्ट हिन्दु वा मुसलमान पहिचानद्वारा बढी नै सुरक्षित छन् । तर, मध्यपहाडबाट बसाइँ सर्ने क्रमसँगै तराईमा पनि इसाईको संख्या बढ्दैछ । मानवशास् त्री शाहका अनुसार, इसाई धर्म फस् टाउने मुख्य क्षेत्र मध्यपहाड नै हो, जहाँ धर्मका नाममा चर्को जातीय भेदभाव र असमानताको खाडल फराकिलो छ । धर्म परविर्तन गर्नेमा पनि बाहुन, क्षेत्रीजस् ता जातिको संख्या १० प्रतिशत मात्र छ । आईडीएको सर्वेक्षणमा पनि नेपालमा इसाई धर्म अँगाल्ने धेरैजसो पहाडी मूलका जनजाति र दलित तथा तराई मूलका जनजाति भेटिएका छन् । हिन्दु धर्मको समयसापेक्ष व्याख्या र विश्लेषणको अभाव तथा कमीकमजोरीहरू सुधार गर्दै अघि बढ्न नसकेको अवस् थामा नेपालमा इसाईर् धर्मले फैलिनमा सफलता पाएको शाहको निक्र्यौल छ । हिन्दु धर्ममा रहेको जातीय भेदभाव र समाजमा व्याप्त गरबिीको कारण पनि इसाईकरण बढेको उनको धारणा छ । "नेपालमा जस् तो छोटो समयको वृद्धि विश्वमा कहीँ भएको इतिहास छैन," एनसीएफका प्रधानांग भन्छन्, "इसाई धर्ममा जातीय भेदभाव र आर्थिक अवस् थाको आधारमा विभेदको अनुभूति हुँदैन ।"
मिसनरीहरूको ओइरो नेपालमा इसाई धर्म वृद्धिको अभियानका मुख्य माध्यम ००७ सालको परविर्तनपछि नेपाल छिरेका मिसनरीहरू हुन् । त्यसो त, बाइबलले नै इसाई धर्म अँगाल्नेहरूलाई मिसनरीका रूपमा विश्वभर पुगेर येशुको सन्देश फैलाउने आदेश दिएको छ । म्याथ्यु १८-२० मा यशु खि्रस् टको आदेश छ, 'मलाई स् वर्ग र पृथ्वीको सबै अधिकार प्राप्त छ । त्यसैले पिता, पुत्र र पवित्र आत्माको नाउँमा सबै राष्ट्रमा गएर शिष्यहरू बनाऊ, तिनलाई दीक्षित गराऊ र मैले तिमीहरूलाई दिएको आदेश तिनीहरूलाई पालना गराऊ ।' "बाइबलको यो वाक्यांशले नै इसाई धर्मलाई मिसनरी रूप दिएको छ," मानवशास् त्री शाह भन्छन्, "त्यसैले इसाईहरू मिसनरीमार्फत धर्म प्रचार गर्नु आफ्नो कर्तव्य सम्झन्छन् ।"०४६ सालको परविर्तनपछि नेपालमा मिसनरीहरूको संख्या पनि ह्वात्तै बढेको छ । ००७ सालको परविर्तन र ०४६ सालको परविर्तनअघिको अवधिमा भारतीय सीमा क्षेत्रमा क्रियाशील मिसनरीहरू गोप्य ढंगबाट नेपाली भूमिमा गतिविधि गररिहेका थिए । ००७ सालको परविर्तनपछि उनीहरू 'नेपाल इभान्जेलिस् ट ब्यान्ड' नामको मिसन लिएर नेपाल प्रवेश गरे । त्यस मिसनलाई सन् १९४० मा भारतीय सीमा नौतनवामा काम गर्ने क्रममा डा लेडी ओ ह्यान्लन र मिस स् िटलीले प्रतिपादन गरेका थिए, जसको उद्देश्य 'ईश्वरको नाममा नेपाल गएर त्यसलाई अधीनमा पार्नेहरूलाई प्रशिक्षित गर्नु' थियो । पछि सोही मिसनलाई इन्टरनेसनल नेपाल फेलोसिप -आईएनएफ) नामकरण गरएिको हो । काठमाडौँस् िथत बेलायती राजदूतको संरक्षणमा उक्त मिसन नेपाल भित्रिन सफल भएको हो । भारतको नेपाली क्रिस्चियनहरूको एउटा सानो समूह 'मिसनरी मार्च' नै लिएर नेपाल प्रवेश गरेको थियो । उक्त समूहले पूर्वी क्षेत्रमा चर्चहरू स् थापनाको अभियान नै चलायो । नेपाल सरकारले प्रतिबन्धित चर्चहरूलाई सञ्चालन गर्ने अनुमति मात्र दिएन, पोखरामा मिसनरी अस् पताल सञ्चालनमा सहयोग पुर्‍यायो, जसलाई पछि पश्चिमाञ्चल क्षेत्रीय अस् पताल बनाइयो । नेपालमा मिसनरी अस् पतालहरू, कल्याणकारी संस् थाहरू र विद्यालयहरू गरी दर्जनौँको संख्यामा इसाई संस् थाहरू क्रियाशील छन् । मिसनरी विद्यालयहरू देशकै प्रतिष्ठित शैक्षिक प्रतिष्ठानको रूपमा छन् । सरकारी सेवा एवं व्यवसायमा संलग्न उच्च घरानाका धेरै सदस् यहरू सेन्ट जेभियर्स र सेन्ट मेरजिजस् ता जेसुइट उच्च माविहरूबाट दीक्षित छन् । सबैजसो विदेशी इसाई संस् थाहरूको चर्चहरूसँग सीधा सम्बन्ध छ र पास् टर -पादरी)हरूलाई धार्मिक दीक्षाका लागि सौजन्य गररिहेका छन् । मिसनरीहरूमा खासगरी युनाइटेड मिसन टू नेपाल -यूएमएन) पाँच दशकदेखि नेपालमा कार्यरत छ । 'येशुको नाममा आवश्यक परेका व्यक्तिलाई सेवा दिई काम र वचनद्वारा येशुलाई चिनाउने' यसको मूल मन्त्र हो । करबि १६ देशका ४० वटाजति संस् थाहरू मिलेर बनेको यूएमएनले नेपाल सरकारसँग धर्मप्रचारमा संलग्न नरही सेवा मात्रै उपलब्ध गराउने लिखित सर्तनामासमेत गरेको छ । ग्लोबल सपोर्ट नेटवर्क शीर्षक पुस् तकमा यूएमएनले विश्वका विभिन्न मुलुकका इसाई संस् थाहरू आफ्ना सदस् य भएको उल्लेख गरेको छ । यस् तै, आफ्नो अर्को प्रकाशन प्रेयर क्यालेन्डरमा नेपालमै पनि तीन दर्जनभन्दा बढी इसाई संस् थाहरूका बारेमा उल्लेख गरेको छ । यूएमएनले ओखलढुंगा र पाल्पाको तानसेनमा अस् पताल सञ्चालन गररिहेको छ । पाटन अस् पतालको समेत सञ्चालन गररिहेको यूएमएनले ०६२ कात्तिकदेखि त्यसको व्यवस् थापन भने छोडेको छ । मिसनले सञ्चालन गरून्जेल उक्त अस् पताल शान्तभवन अस् पतालका रूपमा चिनिन्थ्यो । पाल्पाको एक चर्च स् थापनामा युनाइटेड मिसन टू नेपालले आर्थिक सहयोग गरेको थियो । यस् तै, ०३८ सालमा काठमाडौँको जोरपाटीमा स् थापना भएको बाइबल आश्रममा पनि यूएमएनले लगानी गरेको थियो । यसैगरी, कोरयिन क्रिस्चियन मेडिको इभान्जेलिकल एसोसिएसन, जापान ओभरसिज क्रिस्चियन मेडिकल को-अपरेटिभ सर्भिस पनि नेपालमा क्रियाशील मिसनरी हुन् । कोरयिाकै होसन्ना फाउन्डेसनले पनि शैक्षिक र सामाजिक गतिविधिमार्फत इसाई धर्म प्रचार गररिहेको छ । पोखराको हरयिोखर्क कुष्ठरोग अस् पताल इन्टरनेसनल नेपाल फेलोसिपले सञ्चालन गररिहेको छ । यस् तै, अन्तर्राष्ट्रिय लेप्रोसी मिसनको सहयोगमा ललितपुरको लेले नजिक नेपाल लेप्रोसी मिसनले आनन्द वन कुष्ठरोग अस् पताल, बेलायती इसाईर्हरूको सहयोगमा धनुषाको लालगढमा नेपाल लेप्रोसी ट्रस् टले कुष्ठरोग अस् पताल सञ्चालन गररिहेका छन् । बनेपाको शिर मेमोरयिल अस् पताल प्रोटेस् टेन्ट धर्मावलम्बीको सेभेन डे एड्भान्टिज समूहले सञ्चालन गररिहेको छ । लमजुङ जिल्ला अस् पताल, रुकुमको चौरजहारी अस् पताल र डडेलधुराको टिम अस् पताल जर्मनी सरकार, स् वीस विकास सहयोग, जापानी सहयोग नियोग -जाइका) र फिनल्यान्ड सरकारको सहयोगमा मानव विकास सञ्चार सेवा -एचडीसीएस) नामक गैरसरकारी संस् थाले सञ्चालन गररिहेको छ । डीएचएम जर्मनी, मेडाफ पmान्स, मेडाफ स् वीट्जरल्यान्डलगायतका इसाई संघसंस् थाहरूले समेत सहयोग गररिहेको एचडीसीएसका तीर्थ थापा बताउँछन् । लमजुङ अस् पतालमा नेपाल सरकारको समेत कोष उपलब्ध छ । थापाका अनुसार, डडेलधुरा अस् पतालको भवन निर्माणका लागि डीएचएम जर्मनीले पाँच करोड तथा अमेरकिाको नीक साइमन इन्स्ि टच्युटले एक करोड रुपियाँ दिने निर्णयसमेत गरेका छन् । इसाई संस् थाहरूको सहयोगमा एचडीसीएस शिक्षा र सामुदायिक विकासका काममा पनि संलग्न छ । "कर गरेर कसैलाई पनि धर्म परविर्तन गराउँदैनौँ, कोही आफूखुसी तयार हुन्छ भने नाइँ भन्दैनौँ," थापा भन्छन् ।यसैगरी, शिक्षा क्षेत्रमा पनि इसाईहरूले काम गररिहेका छन् । सेन्ट जेभियर्स र सेन्ट मेरजि विद्यालयदेखि वीरगन्जको ग्रेस बोर्डिङ् स् कुल, रसुवाको थाम्बुचेतमा विलिभर्स चर्च जावलाखेलको सहयोगमा सञ्चालित विलिभर्स बोर्डिङ् स् कुललगायतका मुलुकभरका दर्जनौँ शिक्षण संस् थामा इसाई लगानी छ । इसाई लगानीमा सञ्चालित सर्लाहीको नेत्रगन्ज गाविस-३ मा नवजीवन विद्याश्रमका अभिभावकहरू त्यसका सञ्चालकको निधनपछि सरकारी अनुदानको आशामा शिक्षा विभाग धाइरहेको विभागका एक अधिकृतले जानकारी दिए । पुराना इसाई नेता राजेन्द्र रोङगोङ नेपालमा सुरुदेखि नै चर्च र मिसनरीहरू अलग-अलग ढंगले सञ्चालन भएको दाबी गर्छन् । आफूहरूले कसैलाई इसाई बन्न प्रलोभन नदिने गरेको तर आफ्नो आस् थाको कुरालाई स् पष्ट रूपमा बताउँदा धेरै जना इसाई बन्न आएको स् वीकार्छन् । भन्छन्, "हामी आफ् नो कुरा राख्छौँ तर धर्म अँगाल्न बाध्य बनाउँदैनौँ ।" यद्यपि, धर्म विस् तारको तीव्र वृद्धिसँगै आफ्ना निजी स् वार्थ पूरा गर्ने उद्देश्यले क्रिस् िचयन बन्नेहरूको संख्या पनि बढिरहेको रोङगोङको अनुभव छ ।
राजनीतिसँगको सम्बन्धदोस्रो जनआन्दोलनपछि पुनःस् थापित प्रतिनिधिसभाको ०६३ जेठ ४ गतेको ऐतिहासिक घोषणामार्फत नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरसिकेको छ । "यो सहज ढंगले आएको प्रस् ताव थिएन," नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे भन्छन्, "गम्भीर छलफल र बहसपछि मात्र निर्णयमा पुग्नुपर्ने विषय कसरी यति हलुका ढंगबाट पारति भयो, आश्चर्य लागिरहेको छ ।"यसअघि हिन्दु अधिराज्यका रूपमा संवैधानिक व्यवस् था भएको नेपालमा हिन्दु धर्मका मुख्य पर्वहरूमा मात्र राष्ट्रिय बिदा दिने गरएिको थियो । धर्मनिरपेक्ष राष्ट्र घोषित भएपछि भने सबै धर्मका मुख्य पर्वहरूमा सार्वजनिक बिदा दिन थालिएको छ । स्रोतका अनुसार, नेपालका सांसदहरूलाई इसाई बनाउने एउटा परयिोजना नै गोप्य रूपमा सञ्चालनमा छ । लामो समयदेखि सञ्चालित परयिोजना अझै गोप्य छ । राष्ट्रिय मण्डली परष्िाद्का अध्यक्ष कालीबहादुर रोकायाका अनुसार, अमेरकिा, फिनल्यान्डलगायतका देशमा रहेका इसाई संघसंस् था तथा सांसदहरूले उक्त परयिोजनाका लागि आर्थिक सहयोग दिँदै आएका छन् । दुई वर्षअघि सांसदहरूलाई आर्थिक सहयोग पठाइरहेका दाताहरू नेपाल आएको र गोदावरी रसिोर्टमा तीन दिनसम्म छलफल र विचारविमर्श भएको इसाई सञ्चारकर्मी लोकमणि ढकाल पनि सम्भिmन्छन् । उनका अनुसार, दाताहरूलाई विमानस् थलबाट सीधै गोदावरी रसिोर्ट र त्यहाँबाट पुनः सीधै विमानस् थल पुर्‍याएर गोपनीयताको प्रयास गरएिको थियो ।संविधानसभामा इसाई भनेर खुलेकी एक मात्र सभासद् हुन्, लक्ष्मी परयिार । उदयपुरको त्रियुगा नपा-१, बोक्सेकी स् थायी बासिन्दा तथा नेपाली कांग्रेसकी सभासद् परयिारले जातीय भेदभाव र मूच्र्छा पर्ने रोग निको पार्न सानै उमेरमा इसाई धर्म अँगालेकी हुन् । अन्य सभासद् र सांसदहरू पनि इसाई भएको आफूलाई जानकारी नभएको उनी बताउँछिन् । यस् तै, सांसदहरू र राजनेताहरूलाई विदेश भ्रमणमा लैजाने इसाई संस् था पनि सक्रिय छ नेपालमा । त्यसका उदाहरण हुन्, दक्षिण कोरयिाका सन म्योङ् मुन र उनको संस् था युनिभर्सल पिस फेडरेसन -यूपीएफ) । मुन युनिफिकेसन चर्च अभियानका नेता पनि हुन् । उक्त संस् थाको प्रायोजनमा अधिकांश राजनेता र सांसदहरूको टोलीले विदेश भ्रमण गर्दै आएको छ । उक्त संस् थाको प्रायोजनमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, एमाले पूर्वमहासचिव माधवकुमार नेपाल, पूर्वसभामुख तारानाथ रानाभाट तथा विद्यार्थी नेताहरू प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र ठाकुर गैरेसम्मले अमेरकिा, फिलिपिन्स, कोरयिालगायतका देश घुम्ने अवसर पाइसकेका छन् । यूपीएफका नेपाल प्रमुख सभासद् एकनाथ ढकालका अनुसार, नेपालका विभिन्न क्षेत्रका पाँच सयभन्दा बढीले विभिन्न देश भ्रमण गरसिकेका छन् । अमेरकिाको भ्रमण गरसिकेका विद्यार्थी नेता शर्मा भ्रमणका क्रममा आफूहरूलाई इसाई धर्मका बारेमा केही नबताइएको उल्लेख गर्छन् । सभासद् गगन थापा आफूलाई पनि पटक-पटक भ्रमणको निम्तो आएको बताउँछन् । सभासद् ढकाल मुनको संस् थाको नेपाल शाखा प्रमुख हुन् भने मुनकै युनिफिकेसन चर्च अभियानका एक सदस् य पनि हुन् । मुन ती व्यक्ति हुन्, जसलाई दोस्रो जनआन्दोलनलगत्तै ०६३ जेठ १८ मा नेपाल आउँदा कुनै देशका राष्ट्रप्रमुखलाई दिइने बराबरको सम्मान दिइएको थियो । तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालालाई दुई वर्षअघि होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा मुनको संस् थाले 'गुड गभर्नेन्स अवार्ड' पनि थमाएको थियो । पुरस् कार थाप्न उपस् िथत भएका कोइरालाले आफू छोरी -सुजाता कोइराला)को आग्रहमा यहाँ आएको अभिव्यक्ति दिएका थिए । ०६५ भदौमा नेपालका २३ जना सभासद्को टोली यूपीएफको प्रायोजनमा ब्यांकक पुगेको थियो, जहाँ १९ देशका सभासद्, सांसदहरू पनि भेला भएका थिए । एक नेपाली सभासद्का अनुसार, अन्य देशका अधिकांश सांसद इसाई थिए । इन्टर रििलजियस कन्फरेन्समा यूपीएफले विश्वभरका धर्मगुरुहरूलाई पनि भेला गर्दै आइरहेको छ । यसका साथै ग्लोबल पिस काउन्सिल नामको यूपीएफको एक संगठन छ, जसमा नेपालबाट हाल पूर्वसभामुख रानाभाट सदस् य छन् । यसअघि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो कार्यकाल सम्पन्न गरसिकेका छन् । "यूपीएफ अन्तर्राष्ट्रिय शान्ति अभियान हो," ढकाल भन्छन्, "राष्ट्रसंघपछि विश्वभर राम्रो सञ्जाल भएको संस् था यूपीएफ नै हो ।" अन्तरधार्मिक सद्भावका लागि मात्र यूपीएफले भूमिका निर्वाह गररिहेको उनको भनाइ छ ।
कानुनी पाटोपञ्चायत व्यवस् था छँदा कानुनले धर्म परविर्तन गर्ने र गराउने दुवैलाई तीनदेखि छ वर्षसम्मको जेल सजायको व्यवस् था गरेको थियो । ०४६ को परविर्तनपछि कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा बनेको अन्तरमि सरकारले जेलमा रहेका चाल्र्स मेन्डिजलगायतका ६३ जना इसाई धर्म प्रचारकलाई रहिा गरेको थियो । ०४७ मा नेपाली जेलमा रहेका इसाई पादरी र धर्म प्रचारकहरूलाई छुटाउन अमेरकिा र बेलायतका सांसदहरूको टोली तत्कालीन प्रधानमन्त्री भट्टराईलाई भेट्न आएको थियो । ०४७ को संविधानको धारा १९ -१) ले पनि 'प्रत्येक व्यक्तिलाई प्रचलित परम्पराको मर्यादा राखी सनातनदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने स् वतन्त्रता हुनेछ । तर, कसैले कसैको धर्म परविर्तन गराउन पाउने छैन' भनी स् पष्ट व्यवस् था गरेको थियो । र, अन्तरमि संविधान २०६३ ले पनि त्यो प्रावधानलाई चलाएको छैन । अन्तरमि संविधानको भाग ३, मौलिक हकको धारा २३ उपधारा १ ले "प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस् कृतिक परम्पराको अवलम्बन, अभ्यास र संरक्षण गर्न हक हुनेछ । तर, कसैले कसैको धर्म परविर्तन गर्न पाउने छैन र एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाउने छैन" भनेर स् पष्ट उल्लेख गरेको छ । यस् तै, पञ्चायतकालमा मुलुकी ऐन भाग ४, महल १९ को अदलको १ नम्बरमा नेपालभित्र हिन्दु जातिमा चलिआएको धर्ममा खलल हुने गरी इसाई, इस् लाम इत्यादि मतहरू कसैले प्रचार गर्न र हिन्दु धर्मका कसैलाई धर्म परविर्तन गराउन बन्देज लगाएको थियो । ०४८ को संशोधनले धर्मको नाम उल्लेख नगरी 'अरूको धर्ममा खलल पर्ने गरी कसैले कसैको धर्म परविर्तन गराउन' निषेध गरेको छ । तर, त्यसो गरेबापत दिइने सजायमा कुनै कमी गरएिको छैन । अदलको १ -क) मा उद्योगसम्म गरेको भए तीन वर्ष कैद तथा धर्म परविर्तन गराइसकेको भए छ वर्ष कैद र विदेशी नागरकि भए सजाय भुक्तानीपछि देश निकाला गरििदनुपर्ने प्रावधान दुवै ऐनमा उल्लेख छ । अधिवक्ता हरशिंकर निरौलाका अनुसार, पञ्चायलकालदेखि अहिलेसम्म आउँदा कानुनी प्रावधानमा खासै परविर्तन आएको छैन । भन्छन्, "पञ्चायतकालमा दर्जनौँको संख्यामा मुद्दा थिए तर ०४६ को परविर्तनपछि एकदमै न्यून छन् ।" अनधिकृत रूपमा धर्म प्रचारमा संलग्न भएको अभियोगमा विदेशी मिसनरीहरू बहुदलकालमा समेत कारबाहीमा परेका थिए । नर्वेको मिसनरी संस् थामा कार्यरत ट्रोन्ड वर्गलाई ०५७ कात्तिक १३ गते सप्तरीको राजविराजबाट प्रहरीले पक्राउ गरी धर्म परविर्तन गराएको मुद्दा चलाएको थियो । उनी ३ महिना २० दिनको जेल सजायपछि सोही वर्षको फागुन ४ गते रहिा भएका थिए । यस् तै, अर्को धर्ममा अवरोध पुर्‍याएको अभियोगमा प्यूठान जिल्लामा ०५९ फागुन २ मा तीन जनालाई पक्राउ गरएिको थियो । उनीहरूमाथि फागुन १६ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरएिको थियो । उनीहरू ०६० भदौ २५ मा धरौटीमा छुटे । ०५६ पुस १६ गते अधिवक्ता जगन्नाथ मिश्रले युनाइटेड मिसन टू नेपाल र आड्रा नेपालले सोझासीधा जनतालाई लोभलालचमा पारेर धर्मपरविर्तन गराई संविधानविरोधी काम गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा रटि दायर गरेका थिए । रटिमा तत्कालीन श्री ५ को सरकारलाई समेत विपक्षी बनाइएको थियो । दुवै संस् था इसाई धर्म विस् तारमा संलग्न भएको जिकिर रटिमा थियो । सर्वोच्चले पछि त्यो रटि निवेदन खारेज गरेको थियो ।०६३ जेठ ४ को संसदीय घोषणासँगै नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपछि पहिलेका कानुनी प्रावधान निष्त्रिmयजस् तै भएका छन् । नयाँ संविधान नबनेसम्म कुनै कानुनी छेकवारको सामना कुनै पनि धर्म प्रचारकहरूले गर्नु नपर्ने देखिएको छ । धर्मनिरपेक्षताको सीमा तोकिनु जरुरी रहेको बताउँदै मानवशास् त्री शाह भन्छन्, "हिन्दु धर्मले प्रचार नै गर्नु हुँदैन भन्छ, इसाईहरू धर्मावलम्बी बढाउन जोडतोडले लागेका छन् । बाघ र गाईलाई कसरी एकै ठाउँ राख्न सकिन्छ ?"
नेपालमा प्रोटेस् टेन्ट सम्प्रदाय अगापे फेलोसिप बाप्टिष्ट प्रेस् वेटेरयिन एंलिकन, युनाइटेड मेथोडिस्ट मेथोडिस्ट एसेम्ब्िलज अफ गड विलिभर्स पmेन्ड्स मिसन इमानुएल एसोसिएसन न्यु लाइफ कोइनुनिया सेभेन्थ डे एडेभेन्टिस् ट जेहोवा विट्नेस आदि
तीनवटा छाता संगठननेसनल चर्चेज फेलोसिप नेपाल -एनसीएफ), राष्ट्रिय मण्डली परष्िाद् र नेपाल खि्रस् िटयन समाज गरी तीनवटा संगठन मुख्य रूपमा नेपाली इसाईहरूका छाता संगठनका रूपमा छन् । पहिले एनसीएफकै छातामा सबै थिए । तर, एनसीएफले छुट्टै सम्प्रदाय -डिनोमिनेसन्स)को रूप लिएको आरोप लगाउँदै करबि २० वटा सम्प्रदाय अलग भएपछि नेपाल खि्रस् िटयन समाज गठन भएको हो । नेपालका चर्चहरूमध्ये करबि एक हजारवटा एनसीएफसँग आबद्ध छन् । समाज अन्तर्गत २० वटा सम्प्रदाय आबद्ध छन् । हरेक सम्प्रदाय अन्तर्गत आ-आफ्ना चर्चहरू छन् । हरेक सम्प्रदायको प्रधान कार्यालय पश्चिमी देशमा छन् । प्रधान कार्यालयहरूले आ-आफ्ना सम्प्रदायलाई प्रायोजन गर्नेलगायतका काम गर्छन् । यसबाहेक नेपाल बाइबल सोसाइटीलगायतका संस् था पनि छन् । जसले धर्म प्रचारप्रसारमा योगदान दिँदै आएका छन् ।
इसाई इतिहास

नेपालमा इसाई धर्म प्रवेशको इतिहास पाँच शताब्दी पुरानो हो । देवीप्रसाद शर्माको आधुनिक नेपालको इतिहास पुस् तकमा उल्लेख भए अनुसार, १६औँ शताब्दीमा इसाईको रोमन क्याथोलिक सम्प्रदायका धर्मगुरु 'क्यापुचीन पादरी' पहिलोपटक नेपाल छिरेका थिए । विक्रम संवत् १६८५ मा कान्तिपुरका राजा शिवसिंह मल्लले पहिलोपटक क्यापुचीन पादरीहरूलाई धर्मप्रचारका लागि नेपाल भित्र्याएका हुन् । कान्तिपुरका राजा प्रताप मल्ल, ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा रणजीत मल्लले उनीहरूलाई निर्भयतापूर्वक धर्मप्रचार गर्न छुट दिएका थिए । त्यसरी छुट दिनेमा ललितपुरका राजा श्रीनिवास मल्लले बढी नै उदारता देखाएका थिए । विसं १८२४ मा उनीहरूले ३९ नेपालीलाई इसाई बनाएका थिए । त्यही समयमा ललितपुरमा पहिलो चर्चको स् थापना भएको थियो र नाम थियो, आवर लेडिज् एजम्प्सन । सिमन पाण्डेको नेपालमा क्रिस्चियन धर्म शीर्षक पुस् तक अनुसार, विसं १८१७ मा क्यापुचीन पादरीहरूले नै अर्को चर्चको स् थापना गरे । जसको नाम थियो, एनुसिएसन अफ आवर लेडी । पृथ्वीनारायण शाहले काठमाडौँमा विजय पाउनासाथ आफ्ना ६२ जना शिष्यसहित ती पादरीहरूलाई नेपाल छोडेर जाने आदेश दिए । तिनीहरूले बि्रटिस जासुसको रूपमा काम गर्ने आशंकामा देश निकाला गरएिको थियो । विसं १८२६ मा ती पादरीहरू उत्तरी विहारको बेतियामा बसाइँ सरे । उनीहरूकै पछि लागेर क्रिस्चियन धर्म अँगालेका काठमाडौँ उपत्यकाका केही नेवारी परविार पनि त्यतै लागे, जहाँ आजसम्म पनि नेवारी समुदायका रोमन क्याथोलिकहरू बसेका छन् । पृथ्वीनारायणले देश छोडेर जाने आदेश दिए पनि एक पादरीले नेपालमै बस् ने निर्णय गरे । विसं १८६७ मा उनको पनि निधन भएपछि ००७ सालसम्म नेपालमा एक जना पनि क्रिस्चियन पादरी थिएनन् । ००७ मा राणाशासन ढलेर प्रजातन्त्रको स् थापना भएपछि विदेशी मिसनहरूका लागि नेपालमा ढोका खुला भयो । राजा महेन्द्रको पालामा जेसुइट्सहरूको नेपाल प्रवेशसँगै क्याथोलिक समुदायको पनि पुनःस् थापना भयो । जेसुइट्सहरूले शैक्षिक प्रतिष्ठानहरूमार्फत देशको सेवा गर्ने उद्देश्य लिएका थिए । फादर मोरान नामका पादरीले ००७/८ सालतिर गोदावरीमा पहिलो इसाई विद्यालय स् थापना गरे । ००७ सालको परविर्तनपछि नेपाल छिरेर इसाई धर्म प्रचार गर्ने उनी पहिलो पादरी थिए । उक्त मिसन विद्यालयमा गरबि परविारका केटाकेटीलाई निःशुल्क शिक्षा दिइन्थ्यो । ००८ सालमा क्याथोलिक सम्प्रदायका अनुयायीहरूको पहलमा सेन्ट जेभियर्स स् कुलको स् थापना भयो । ०४६ सालको परविर्तनपछि ०५० सालमा काठमाडौँको धोबीघाटमा अर्को क्याथोलिक चर्च स् थापना भयो । राजेन्द्र रोङगोङका अनुसार, नेपालको पहिलो प्रोटेस् टेस् ट चर्च पोखराको रामघाट चर्च हो, जो जून २००८ मा स् थापना भएको थियो । भारतका दार्जीलिङ, आसाम, नागाल्यान्ड, मेघालय, मिजोरम हुँदै पनि नेपालमा इसाई धर्मले प्रवेश पाएको हो । राजधानीको ज्ञानेश्वर चर्च त्यसको उदाहरण हो । विसं ००८ सालदेखि सञ्चालनमा आएको उक्त चर्च कालिम्पोङबाट स् नातक पूरा गरेर स् वदेश फर्केका राजेन्द्र रोङगोङकै पहलमा स् थापना भएको हो ।
नेपालमा मिसनरीहरू

इन्टरनेसनल नेपाल फेलोसिप, युनाइटेड मिसन टू नेपाल, वल्र्ड भिजन नेपाल, मेरी स् टोप्स क्लिनिक मेडिकल क्रिस्चियन फेलोसिप, फोकस, टिम मिसन, आड्रा नेपाल, नेपाल खि्रस् िटयन चिल्ड्रेन एजुकेसन, क्याम्पस क्रुसेड फर क्राइस् ट, इन्टरनेसनल बाइबल सोसाइटी, नेपाल क्रिस्चियन एलाइन्स, एभ्री होम क्रुसेड, गोस् पेल फर एसिया, विटनेस फर नेपाल, नेपाल बाइबल सोसाइटी, एभान्जेलिकल एलाइन्स, नेपाल लेप्रोसी ट्रस् ट, नेपाल खि्रस् िटयन फेलोसिप, आगापे क्रिस् िचयन फेलोसिप, इम्यानुएल चर्च मिनिस् िट्रज, गोस् पेल रेकर्डिङ्, अपरेसन मोबिलाइजेसन, इन्टरनेसनल निड्स, पि्रजन फेलोसिप नेपाल, नेसनल चर्च फेलोसिप अफ नेपाल, बाइबल ट्रेनिङ्, क्रिस्चियन आर्ट्स एसोसिएसन, मुभमेन्ट फर युनिटी, खि्रस् िटयन प्रोफेसनल फेलोसिप, विश्वविद्यालय खि्रस् िटयन विद्यार्थी संगति आदि ।
'नक्कली इसाई बन्ने प्रवृत्ति’

नेपालमा इसाईकरण १६औँ शताब्दीदेखि नै सुरु भएको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि त्यो क्रम ठप्प नै भयो । फेर २००७ सालको परविर्तनपछि पुनः सुरु भयो । ०१७ सालको कदमपछि यो फेर िठप्प भयो । पञ्चायतकालमा जेलनेल भोगेको कारणले नै कतिपयले आर्थिक फाइदा पनि उठाए । ०४६ सालको परविर्तनपछि पुनः सुरु भएको हो । ०४७ सालको संविधान र हालको अन्तरमि संविधानले पनि धर्म परविर्तन गर्न र गराउन छुट दिएको छैन । तर, व्यवहारमा भने परविर्तन आएको छ । अहिले इसाई धर्म अँगाल्नेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । गाउँका गाउँ नै पनि इसाई बन्ने क्रम चलिरहेको छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन इसाईहरूको बढी भूमिका छ भन्ने बिलकुलै होइन । इसाईहरूले धर्मनिरपेक्ष राष्ट्र चाहेका मात्र हुन् र उनीहरूको यसमा थोरै मात्र योगदान छ । मुख्य रूपमा जनजातिहरू जसले नेपालको ३५ प्रतिशत जनसंख्या ओगटेका छन्, दलितहरू जो छुवाछूत प्रथाका कारण सामाजिक विभेद सहेका छन्, उनीहरूले धार्मिक स् वतन्त्रताको पक्षमा बोलेका हुन् । राष्ट्रसंघीय एजेन्सीहरू, अमेरकिा, बेलायत, नर्वे, जर्मनी, फिनल्यान्डजस् ता देशहरूले प्रत्यक्ष/अप्रत्यक्ष भूमिका निर्वाह गरेका छन् । त्यसमाथि माओवादीको मुख्य एजेन्डा हो धर्मनिरपेक्षता । अरूको भूमिका सहायक हो यसमा र माओवादीको प्रमुख भूमिका हो । नेपाली क्रिस्चियनहरू सामाजिक र राजनीतिक गतिविधिबाट विमुख छन् । खालि धार्मिक गतिविधिमा मात्र सीमित छन् । देशको नागरकि भएको नाताले हाम्रो सामाजिक दायित्व र राष्ट्रिय जिम्मेवारी पनि छ । अर्को कुरा क्रिस्चियन भएपछि आफ्ना सम्पूर्ण रीतिरविाज र संस् कृति त्यागिदिने चलन छ । आफ्नो संस् कृतिसँग सम्बन्धविच्छेद नै गर्ने र आफ्ना सम्पूर्ण पहिचान नै गुमाउने भन्ने कुरा खतरनाक हो । कुनै दिन नेपालका बहुसंख्यक जनता क्रिस्चियन भए भने त्यतिबेला नेपालको राष्ट्रियता, सांस् कृतिक र भाषिक पहिचान कहाँ जाला ? त्यसैले यो क्रम रोकिनुपर्छ, संस् कृति र रीतिरविाज जोगाउनुपर्छ । यस् तै, अन्य धर्मावलम्बीहरूसँग नमिल्ने, सहकार्य नगर्ने र हेयको दृष्टिले हेर्ने प्रवृत्ति पनि ठीक होइन । नेपाली चर्चको नेतृत्व नेपाली नागरकिको हातमा हुनुपर्छ, विदेशीको हातमा होइन । नेपालका धेरै चर्च र इसाई संस् थाहरू विदेशी सहयोगमा निर्भर छन्, यस् तो परनिर्भरता पनि हटाउनु पर्छ । नेपाली चर्च र इसाई संघसंस् थालाई ठूलो परमिाणमा विदेशी सहयोग आइरहेको छ । त्यस् तो सहयोग गलत मान्छेको हातमा आइरहेको छ र गलत ढंगले प्रयोग भइरहेको छ । अमेरकिा, बेलायत, जर्मनी, नर्वे, फिनल्यान्ड, स् वीडेन, डेनमार्क, जापान र दक्षिण कोरयिाजस् ता देशहरूले नेपाली इसाई संघसंस् था र चर्चहरूलाई धेरै ठूलो परमिाणमा आर्थिक सहयोग पठाइरहेका छन् । विगत छ वर्षमा राष्ट्रिय मण्डली परष्िाद्ले यस विषयलाई गम्भीरतापूर्वक उठाउने प्रयास गर्दै आएको पनि छ । गलत व्यक्तिको हातमा आएको रकम गलत प्रयोग हुनु स् वाभाविकै हो । तर, त्यसले अन्तर्राष्ट्रियस् तरमा नेपालको बदनामी गराइरहेको छ । अर्को कुरा, लोभलालच देखाएर इसाई बनाउने प्रवृत्ति बढ्दो छ, त्यो गलत हो । केही इसाई अगुवाहरूले गलत रपिोर्ट विदेश पठाएर आर्थिक उपार्जन गररिहेका छन् । जस् तो, धेरै चर्चहरू बनाएको र धेरै मान्छेलाई इसाई बनाएको भन्ने खालका अतिरञ्जित रपिोर्ट पठाएर आर्थिक सहयोग माग्ने प्रचलन छ । नेपालमा धार्मिक स् वतन्त्रता छैन, इसाई भएपछि खुला हिँडडुल गर्न पाइँदैन, बाहिर निस् िकयो भने हत्या गर्छन् भन्नेजस् ता रपिोर्ट पनि विदेश गइरहेका छन् । त्यसले केही हदसम्म नेपालको पर्यटन व्यवसायलाई पनि असर पुर्‍याएको छ र देशकै बदनामी गराइरहेको छ । सन् २००२ मा म नर्वे गएको थिएँ । त्यहाँको संसद्मा एक सांसदसँग भेट भयो । उनले नेपालको संसद्मा धेरै सांसदहरू इसाई बनेको, संसद् बैठक बस् नुअघि प्रार्थना हुने गरेको जस् ता कुरा सुनाए । तर, यो गलत कुरा हो भन्दा उनले पत्याएनन् र मलाई उल्लीबिल्ली गर्न खोजे । केही समयपछि पुनः अमेरकिा पुग्दा त्यहाँका एक सिनेट सदस् यले यस् तै कुरा सुनाएका थिए । स् वदेश फर्केर खोजबिन गर्दा केही सांसदहरू आफूलाई इसाई भएको रपिोर्ट पठाएर आर्थिक उपार्जनमा लागेका रहेछन् । त्यसका लागि यहाँ एउटा परयिोजना नै सञ्चालित रहेछ । इसाई भएको खुलेमा ज्यानकै खतरा हुनेजस् ता गलत रपिोर्ट पठाएर अहिले पनि उक्त परयिोजना सञ्चालनमा छ । संविधान बनाउन जनताबाट चुनिएका सभासद्हरू पनि आफूलाई नक्कली इसाई बनाएर आर्थिक उपार्जनमा लागिरहेका छन् । ठूलो परमिाणमा यसका लागि विदेशी सहयोग आइरहेको छ । यस् तो गलत प्रवृत्तिले देशको छवि कहाँ पुर्‍याइरहेको छ ? राज्यले यसमा छानबिन गर्नुपर्छ र दोषीहरूमाथि कारबाही गर्नुपर्छ । -राष्ट्रिय मण्डली परिषद् नेपालका महासचिव एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस् य रोकायासँगको कुराकानीमा आधारित
नेपालमै समर्पित

प्रख्यात नेपाली इतिहासकार फादर लुडविग स् िटलरको ८१ वर्षको उमेरमा फागुन २६ गतेे काठमाडौँको नर्भिक अस् पतालमा हृदयाघातबाट निधन भयो । त्यसको एक साता नबित्दै बौद्ध नेवारी संस् कृतिमा विशेषज्ञता हासिल गरेका फादर जोन के लकको पनि निधन भयो । दुवै व्यक्तित्व क्याथोलिक समुदायका इसाई पादरी मात्र थिएनन्, नेपाल र नेपालीका असल मित्रहरू पनि थिए । स् िटलरले नेपालमा शिक्षाको क्षेत्रमा ५३ वर्ष सेवा पुर्‍याएका थिए । सन् १९५६ मा नेपाल आएका स् िटलर त्रिभुवन विश्वविद्यालयबाट विद्यावारििध गर्ने पहिलो व्यक्ति थिए, त्यो पनि नेपाली इतिहासमा । उनको नेपाल आगमन सेन्ट जेभियर्स स् कुलका शिक्षकका रूपमा थियो । उनी शिक्षकका रूपमा मात्र रहेनन्, गोदावरी अल्मुनाई एसोसिएसनको स् थापना पनि गराए । सन् १९६९ मा उनलाई मानार्थ नेपाली नागरकितासमेत दिइएको थियो । उनले नेपाल ग्रोथ अफ ए नेसन, दी साइलेन्ट क्राई- दी पिपुल अफ नेपाल, दी राइज अफ दी हाउस अफ गोर्खा- अ स् टडी इन दी युनिफिकेसन अफ नेपाल, पृथ्वीनारायण शाह इन दी लाइट अफ दिव्य उपदेशलगायतका पुस् तकहरू लेखेका छन् । यस् तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रामप्रकाश यादवसँग मिलेर स् िटलरले प्लानिङ् फर पिपुल नामको पुस् तक पनि लेखेका छन् । यस् तै, स् िटलरकै साथी फादर लकले भने आफ्नो दाहसंस् कार हिन्दु संस् कार अनुसार गराएर नेपाल र नेपालीबीच अमिट छाप छोडेका छन् । सधैँ नेपाली टोपीमा देखा पर्ने लकले नेवारी बौद्ध संस् कृतिमा विशेषज्ञता नै हासिल गरेका थिए । सन् १९५९ मा सेन्ट जेभियर्स स् कुलको शिक्षकको रूपमा नेपाल आएका उनलाई सन् १९७६ मा मानार्थ नेपाली नागरकिता प्रदान गरएिको थियो । उनले बुद्धिस् ट मोनास् िट्रज अफ नेपाल, अ सर्वे अफ बहाल एन्ड बहाल अफ दी काठमाडौँ भ्याली, रििबल्डिङ् बुद्धिजम- दी थेरावादा मुभमेन्ट इन ट्वेन्टिथ सेन्चुरी नेपाल, करुणामय, दी कल्ट अफ आवालोकिटेश्वरा-मत्स् येन्द्रनाथ इन दी भ्याली अफ नेपाल नामका पुस् तकहरू लेखेका छन् । स् िटलरको ध्यान पहाडी क्षेत्रका ब्राह्मण क्षेत्रीमा केन्दि्रत थियो भने लकको नेवारी संस् कृति र समाजमा थियो । स् िटलर नेपालको आर्थिक इतिहासमा महेशचन्द्र रेग्मीकै समकक्षीका रूपमा सम्मानित छन् । अझ फादर लकले त नेपाली शब्द विन्यास नामको पुस् तक नै लेखेका छन् । लकले कैलाश नामको एक प्राज्ञिक जर्नलको लामो समयसम्म सम्पादन गरेका थिए ।
विरोधाभासपूर्ण व्यवस्था
सुधीन्द्र शर्मा
अन्तरमि संविधानले राज्यलाई धर्मनिरपेक्ष घोषणा गरेको छ । धर्मनिरपेक्ष भनिसकेपछि कुनै पनि धर्मको अभ्यास गर्न पाउने अथवा आफ्नो मत अरूमा लान पाउने अधिकार हुन्छ । तर, संविधानले धर्म परविर्तन गर्न नपाउने भनेको छ । यो त देशचाहिँ गणतन्त्र हो र राष्ट्रप्रमुखचाहिँ राजा हुन् भनेजस् तो भयो । यी दुई विषयमा सिद्धान्त नै फरक छ र सोच पनि । संविधानमै एउटा ठूलो विसंगति देखिन्छ । यो सिलसिलामा राज्य व्यावहारकि रूपमा मात्र धर्मनिरपेक्ष हुनुपर्छ । त्यसैले उपाय के थियो भन्दा राज्यको चरत्रि व्याख्या गर्नेबेलामा धर्मनिरपेक्षताका बारेमा अथवा हिन्दु धर्मका बारेमा केही नबोल्नुपथ्र्यो । र, ऐन कानुनहरूमार्फत राज्यले कुन हदसम्म धर्मनिरपेक्षता अँगाल्ने भन्ने मिलाउन सक्नुपर्छ । तर, त्यो भएन । धर्मनिरपेक्षता भनेको छ अनि धर्म परविर्तन गर्न पाइन्न पनि भनेको छ । एउटा ठूलो विसंगति र विरोधाभास यहीँ नै छ । हिजोको दिनमा राज्य र हिन्दु धर्म सापेक्ष रूपले सम्बन्ध हुँदाखेर िधर्मलाई पालनपोषण गर्ने, सम्वर्द्धन गर्ने सबै राज्यबाट हुन्थ्यो । अब त्यो भूमिका राज्यबाट हटेको छ । अब धर्मको पालनपोषण र सम्वर्द्धन त्यो धर्मका अनुयायीहरूले गर्नुपर्छ । बदलिएको परपि्रेक्ष्यमा हिन्दु धर्मलाई जोगाउने जमर्को राज्यबाट हुन सक्दैन र त्यो आम हिन्दु जनताबाट हुनुपर्छ । जोगाउने भनेको प्रतिकारमा उत्रने भन्ने होइन । आफ्नो धर्म र संस् कृतिको सही बुझाइ हुनुपर्‍यो र अन्य धर्म पनि बुझ्न थाल्नुपर्‍यो । अन्य सिद्धान्तलाई आलोचना गर्नका लागि पहिले त्यो सिद्धान्तलाई बुझ्नुपर्छ भनेजस् तै हो यो । 'क्रिस्चियानिटी' बढिरहेको भन्ने जुन कुरा छ, तथ्यांकले पनि त्यही देखाउँछ । २००८ सालको जनगणनादेखि अहिलेसम्म हेर्ने हो भने पनि सबभन्दा द्रुत गतिमा इसाई धर्म नै बढिरहेको देखिन्छ । प्रश्न उठ्छ, किन बढ्यो  ? तर्क गरन्िछ, पहिलो त नेपाल गरबि मुलुक हो । क्रिस्चियनहरूले विभिन्न प्रलोभन दिन्छन्, शिक्षा-स् वास् थ्योपचारदेखि विभिन्न सुविधा दिन्छन् अनि मान्छेहरू लाग्छन् । यदि त्यो नै तर्क हो भने यो बिर्सनुभएन कि विश्वमण्डलीकरणबाट एकदम धनी भएकाहरूमा भारतका हिन्दुहरू पनि छन् । हिन्दु धर्मावलम्बीहरूले अथाह सम्पत्ति कमाएका छन् भने किन हिन्दु धर्म जोगाउनका लागि अथवा क्रिस्चियनहरूले दिएजस् तै सेवा र सुविधा दिन नसकेको त ? प्रतिस् पर्धामा उत्रनु भनेको यस् तो व्यवहारले पनि हो । पश्चिमा देशमा इसाई मिसनरीहरू र सरकारबीच प्रत्यक्ष सम्बन्ध हुँदैन । उनीहरूको समाज धेरै हदसम्म धर्मनिरपेक्ष छ । सरकारहरूले धार्मिक समुदायहरूलाई स् वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिएका छन् । त्यो आफ्नो देशको परपिाटी भएकाले अन्य देशमा पनि लोकतान्त्रिक व्यवस् था होस् भन्ने चाहन्छन्, मिसनरीहरू । लोकतान्त्रिक मूल्य-मान्यताभित्रै जोडिएर आउँछ, धर्मनिरपेक्षताको सिद्धान्त पनि । अन्य देश पनि लोकतान्त्रिक भएमा आफ्नो धर्म प्रचार गर्न पाइने आशा मिसनरीको हुन्छ । र, मानव अधिकार र धार्मिक स् वतन्त्रताको पक्षमा बोल्न आफ्ना सरकारहरूलाई दबाब दिन्छन् । अनि, पश्चिमा देशहरूले लोकतान्त्रिक व्यवस् था नभएका देशहरूलाई औँला ठड्याउँछन् । यसरी अप्रत्यक्ष सम्बन्ध हुन्छ उनीहरूको । पश्चिमा देशहरू समृद्ध छन् र उनीहरूसँग प्रशस् तै स्रोत छ तर जनशक्ति छैन । हामीकहाँ जनशक्ति छ तर स्रोत छैन । असल इसाई भएको नाताले दानमार्फत संकलन हुने अथाह सम्पत्ति अल्पविकसित मुलुकका कसैलाई संवाहक बनाएर धार्मिक उद्देश्यले लगानी गर्छन् । मिसनरीहरूको परपिाटी र संस् थागत संरचना हेर्ने हो भने बहुराष्ट्रिय कम्पनीहरूसँग मिल्दोजुल्दो छ । बहुराष्ट्रिय कम्पनीहरूले जस् तै उनीहरू आफ्ना नयाँ बजारहरू खोजिरहेका हुन्छन् । नयाँ बजारले यति प्रतिशत नाफा गराउँछ, त्यसका लागि यसरी मार्केटिङ् गर्नुपर्छ भनेर बहुराष्ट्रिय कम्पनीहरूले रणनीति बनाएजस् तै मिसनरीहरूले पनि बनाउँछन् । उनीहरूले नेपालजस् ता अल्पविकसित देशहरूलाई आफ् नो नयाँ बजारका रूपमा हेरेका छन् । यस् तो परम्परागत धर्म मान्ने देशहरूमा प्रचार गरयिो भने यति प्रतिशत जनसंख्यालाई इसाई बनाउन सकिन्छ भनेर रणनीति बनाउँछन् र त्यसै अनुसार काम गररिहेका छन् । इसाईको संख्या बढ्यो भने मिसनरीहरूको कोष वृद्धि पनि त्यसै अनुसार भइरहेको हुन्छ । विश्वमा तीन प्रकारको क्रिस्चियानिटी देखिन्छ । पहिलो इस् टर्न अर्थोडक्स, जसको केन्द्रविन्दु कन्स् ट्यान्टिनोपोल -हालको इस् तानबुल) थियो, जुन पछि रसियातर्फ प्रवेश गर्‍यो । दोस्रो रोमन क्याथोलिक, जसको आधारभूमि अहिले पनि रोममा छ । तेस्रो रोमन क्याथोलिकबाट विद्रोह गरेर जन्मेको प्रोटेेस् टेन्ट । प्रोटेस् टेन्टले खासगरी पश्चिमी युरोप र अमेरकिामा आफ्नो आधार बनाएको छ । प्रोटेस् टेन्टभित्र पनि १६औँ शताब्दीदेखि २१आँै शताब्दीको पूर्वार्द्धसम्म विभिन्न आन्दोलनहरू जारी छन् । र, त्यसबाट नयाँ समूहहरू निस् िकने क्रम जारी छ । विभिन्न शताब्दीमा आएका बाप्टिस् ट, लुथरन, प्रेस् बेटेरयिनदेखि २१औँ शताब्दीको पूर्वार्द्धमा आएका पेन्टाकोस् टल र टेली इभान्जेलिकललगायतका समूह संसारभर क्रियाशील छन् । पछिल्लो समयमा जन्मेका समूहहरू पहिलेका भन्दा आक्रामक ढंगले धर्म प्रचारमा लागेका छन् । उनीहरू पहिलेका क्रिस्चियनलाई क्रिस्चियन नै मान्दैनन् । नेपालमा पनि त्यस् ता समूहहरू निकै आक्रामक छन् । क्रिस्चियन मिसनरीहरूको अप्रत्यक्ष सम्बन्ध माओवादीहरूसँग पनि थियो । उनीहरूको मिलनविन्दु धर्मनिरपेक्षता थियो । माओवादीहरू धर्म नमान्ने किसिमको धर्मनिरपेक्षताको सिद्धान्तमा थिए भने मिसनरीहरू आफ्नो धर्म प्रचारका लागि सहज वातावरण र अन्य धर्मावलम्बीलाई आफ्नो धर्ममा ल्याउने अधिकारसहितको धर्मनिरपेक्षता खोजिरहेका थिए । धर्मनिरपेक्ष राष्ट्र घोषणा गराउन पनि मिसनरीहरूले प्रत्यक्ष/अप्रत्यक्ष भूमिका निर्वाह गरेका हुन सक्छन् । हिन्दु धर्मले जुन किसिमको वर्ण व्यवस् था गर्‍यो, त्यसले जनजाति र दलितहरूलाई समाजबाट अवहेलनाको रूपमा हेर्‍यो । जुन धर्ममा उनीहरू अपहेलित भइरहेका थिए, विकल्प खोज्नु स् वाभाविकै हो । त्यसै अवस् थालाई मिसनरीहरूले समाते र पहाडका जनजाति र दलित तथा तराईका आदिवासी र दलित समुदायलाई इसाई बन्न प्रेरति गरे ।जसरी विगतको संविधानमा हिन्दु धर्मको शब्दावली अनावश्यक थियो, त्यसैगरी अहिले धर्मनिरपेक्ष शब्द राख्नु अनावश्यक थियो । धेरै विकसित देशले आफ्नो संविधानमा धर्मका बारेमा बोलेका छैनन् । संविधानमा राज्यको परभिाषा गर्दा मौन बस् ने, आफ्ना नियम-कानुनद्वारा धार्मिक सद् भावलाई एउटा लक्ष्मण-रेखा दिने तथा भविष्यमा हस् तक्षेप गर्नुपर्ने अवस् था आए राज्यको भूमिका निणर्ायक हुने अवस् था सिर्जना हुनसक्छ । (समाजशास्त्री शर्मासँगको कुराकानीमा आधारित)

0 comments: