ठूला ठालु
ठूला ठालु राजतन्त्रको पतनपछि पनि प्रमुख नेताहरूमा सामन्ती प्रवृत्ति माधव बस्नेत,उपेन्द्र पोखरेल २५ भदौमा गृहजिल्ला चितवन पुगे, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। उनको स्वागतमा जिल्लाका सारा निजी तथा सामुदायिक विद्यालय बन्द गरएि। पञ्चायती शैलीको जयजयकारमा खटिएका थिए शिक्षक, विद्यार्थी। आयोजक एकीकृत माओवादीको भ्रातृसंस्था अखिल नेपाल शिक्षक संगठनले त्यसलाई प्रतिष्ठाको विषय बनायो भने अन्य शिक्षक संगठनका निम्ति बाध्यता। बाहिरबाहिर विद्यालय बन्दको विरोध जनाए पनि त्यस्तो निर्णयमा अन्य पार्टीनिकट शिक्षक संगठनको समेत हस्ताक्षर छ। राष्ट्रिय राजनीतिमा आफ्नो शाख जोगाउन प्रयासरत प्रचण्डले यति भव्य सम्मान पाउने सोचेका पनि थिएनन्। आफू शिक्षक हुँदाका अनुभूति र लामो राजनीतिक भाषण गरेर उनी काठमाडौँ फर्किए। बरू, अभिभावकहरू क्रान्तिकारी नेताको सामन्ती ठाँट र माओवादी शिक्षकको हुकुमी पारा देखेर जंगिए। कार्यक्रममै पुगेका एक अभिभावकले भने, "पुराना राजा गए, अब प्रचण्ड नयाँ राजा बन्दै छन्।" निजी विद्यालयहरूको संगठनले भने भाइरल ज्वरोको प्रकोपले गर्दा एक दिन विद्या...