ठूला ठालु
राजतन्त्रको पतनपछि पनि प्रमुख नेताहरूमा सामन्ती प्रवृत्ति
माधव बस्नेत,उपेन्द्र पोखरेल
२५ भदौमा गृहजिल्ला चितवन पुगे, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। उनको स्वागतमा जिल्लाका सारा निजी तथा सामुदायिक विद्यालय बन्द गरएि। पञ्चायती शैलीको जयजयकारमा खटिएका थिए शिक्षक, विद्यार्थी।
आयोजक एकीकृत माओवादीको भ्रातृसंस्था अखिल नेपाल शिक्षक संगठनले त्यसलाई प्रतिष्ठाको विषय बनायो भने अन्य शिक्षक संगठनका निम्ति बाध्यता। बाहिरबाहिर विद्यालय बन्दको विरोध जनाए पनि त्यस्तो निर्णयमा अन्य पार्टीनिकट शिक्षक संगठनको समेत हस्ताक्षर छ।
राष्ट्रिय राजनीतिमा आफ्नो शाख जोगाउन प्रयासरत प्रचण्डले यति भव्य सम्मान पाउने सोचेका पनि थिएनन्। आफू शिक्षक हुँदाका अनुभूति र लामो राजनीतिक भाषण गरेर उनी काठमाडौँ फर्किए। बरू, अभिभावकहरू क्रान्तिकारी नेताको सामन्ती ठाँट र माओवादी शिक्षकको हुकुमी पारा देखेर जंगिए। कार्यक्रममै पुगेका एक अभिभावकले भने, "पुराना राजा गए, अब प्रचण्ड नयाँ राजा बन्दै छन्।"
निजी विद्यालयहरूको संगठनले भने भाइरल ज्वरोको प्रकोपले गर्दा एक दिन विद्यालय बन्द गराएको जानकारी गराए। "चितवनमा नाम चलेका नेतादेखि राजासम्म आए," पाका किसान नारायणप्रसाद श्रेष्ठ सुनाउँछन्, "तर, यसरी जिल्लाभरका विद्यालय कोही आउँदा पनि बन्द भएनन्।"
२५ भदौमा गृहजिल्ला चितवन पुगे, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। उनको स्वागतमा जिल्लाका सारा निजी तथा सामुदायिक विद्यालय बन्द गरएि। पञ्चायती शैलीको जयजयकारमा खटिएका थिए शिक्षक, विद्यार्थी।
आयोजक एकीकृत माओवादीको भ्रातृसंस्था अखिल नेपाल शिक्षक संगठनले त्यसलाई प्रतिष्ठाको विषय बनायो भने अन्य शिक्षक संगठनका निम्ति बाध्यता। बाहिरबाहिर विद्यालय बन्दको विरोध जनाए पनि त्यस्तो निर्णयमा अन्य पार्टीनिकट शिक्षक संगठनको समेत हस्ताक्षर छ।
राष्ट्रिय राजनीतिमा आफ्नो शाख जोगाउन प्रयासरत प्रचण्डले यति भव्य सम्मान पाउने सोचेका पनि थिएनन्। आफू शिक्षक हुँदाका अनुभूति र लामो राजनीतिक भाषण गरेर उनी काठमाडौँ फर्किए। बरू, अभिभावकहरू क्रान्तिकारी नेताको सामन्ती ठाँट र माओवादी शिक्षकको हुकुमी पारा देखेर जंगिए। कार्यक्रममै पुगेका एक अभिभावकले भने, "पुराना राजा गए, अब प्रचण्ड नयाँ राजा बन्दै छन्।"
निजी विद्यालयहरूको संगठनले भने भाइरल ज्वरोको प्रकोपले गर्दा एक दिन विद्यालय बन्द गराएको जानकारी गराए। "चितवनमा नाम चलेका नेतादेखि राजासम्म आए," पाका किसान नारायणप्रसाद श्रेष्ठ सुनाउँछन्, "तर, यसरी जिल्लाभरका विद्यालय कोही आउँदा पनि बन्द भएनन्।"
३१ साउनमा प्रधानमन्त्री बाबुराम भट्टराई ट्रयाक्टर चढेर चितवनको सिद्धीस्थित चेपाङ बस्ती पुगे। भट्टराईले सामन्तवादको बदख्वाइँ गररिहँदा उनको सुरक्षामा खटिएका एक प्रहरी सहायक निरीक्षक भने दुई घन्टासम्म झरीमा रुझ्दै माइक समातेर बस्न बाध्य थिए -हेर्नूस् तस्बिर, पृष्ठ ३३) । प्रधानमन्त्री भएलगत्तै स्वदेशी उत्पादन मुस्ताङ म्याक्स गाडी चढेर चर्चा बटुलेका भट्टराईले जतिसुकै चर्का क्रान्तिकारी कुरा गरे पनि उनको सामन्ती पारा त्यहाँ झल्किरहेको थियो।१० वर्षे सशस्त्र विद्रोहताका सामन्तवादको अन्त्यलाई नै मुख्य नारा बनाएको दल एकीकृत नेकपा माओवादी, अझ त्यसका शीर्ष नेताको चाला देखेर जनताले उदेक मान्नुपर्ने अवस्था छ। लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेका नेताहरू सत्तामा पुग्नासाथ सामन्ती चरत्रिका शासकमा बदलिने गरेको यथार्थ झल्काएको छ यसले। पटक-पटकका आन्दोलनले सामन्तवाद र सामन्ती संस्कारलाई प्रहारको केन्द्रमा राखे पनि परविर्तनलगत्तै तिनै प्रवृत्तिले निरन्तरता पाइरहेको छ भने नेताका एकलकाँटे, विलासी र सोखिन जीवनशैलीलाई सामन्ती चरत्रिका रूपमा कटाक्ष गरिनु सामान्य भइसकेको छ।
पुरानो दल नेपाली कांग्रेसले ००७ सालमै राणाहरूको सामन्तवादी शासनबाट देशलाई मुक्त गर्न सशस्त्र संघर्ष गरेको थियो। ०१७ देखि ०४६ सालसम्मको आन्दोलनको एउटा एजेन्डा पञ्चायती सामन्तवादविरुद्ध थियो भने ०६२/६३ को आन्दोलन पनि राजा ज्ञानेन्द्रको सामन्तवादका विरुद्धमै थियो।
एकीकृत माओवादीबाट अलग्गिएर भर्खरै गठन भएको नेकपा-माओवादीले समेत सामन्तवादविरुद्धको लडाइँलाई नै प्रमुख एजेन्डा बनाएको छ र मातृपार्टीका नेताहरूमा सामन्ती स्वभाव हुर्किएको आरोप लगाएको छ। जस्तो : उसले २५ भदौमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाएको ७० बुँदे मागपत्रको बुँदा नम्बर ५२ मा पनि सामन्तवादको प्रसंग उल्लेख छ ।
यतिका कालखण्डमा सबै दलले एकले अर्कालाई लगाउँदै आएको साझा आरोप हो, सामन्ती। सशस्त्र विद्रोहका क्रममा सामन्तीको आरोपमा व्यक्ति हत्या गर्ने एमाओवादीका नेता अहिले आफैँ सामन्ती बनेको आरोप लगाइरहेका छन्, विपक्षी दलहरू। के त्यसो भए सामन्तवाद र सामन्ती चरत्रि नेपालमा त्यसरी जरा गाडेर बसेको छ, जसलाई कुनै पनि प्रकारका आन्दोलन र विद्रोहले डगमगाउन सक्दैन ?
नेकपा एमाले केन्द्रीय सदस्य योगेश भट्टराई सामन्तवादको प्रतिनिधित्व गर्ने संस्था अब नेपाली राजनीतिमा बाँकी देख्दैनन्। प्रतिनिधित्वका हिसाबले राजतन्त्र पनि छैन, धर्मको आडमा शासन गर्ने हिन्दु अधिराज्य पनि रहेन। यसै पनि नेपालमा धार्मिक नीति/नियम संविधानभन्दा माथि कहिल्यै थिएनन्भन्ने भट्टराईको विश्लेषण हो । "हुँदै नभएको शत्रु -सामन्तवाद)लाई खडा गरेर राजनीतिक दलहरू लडिरहेका छन्, मुख्य शत्रु (दलाल पुँजीवाद)लाई संरक्षण गररिहेका छन्," भट्टराई भन्छन्, "नेपालको पुँजीवादले सेवकका रूपमा सामन्तवादलाई प्रश्रय दिएको छ, दलाल पुँजीवादको प्रधानताले नै नेपालमा राष्ट्रिय अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।"
हरेक आन्दोलन र परविर्तनपछि दलहरू एकातिर र समाज अर्कैतिर बगिरहेको प्रमाण हो यो। समाजको गतिशीलता, परविर्तन र रूपान्तरणको धारलाई दलहरूले समाउन सकिरहेका छैनन्। त्यसैले दलका नेताको सोच र व्यवहारमा सामन्तवाद जीवित छ।
नेताहरूमा आफूभन्दा माथिल्ला नेताको गुलामी र तल्लो तहका कार्यकर्तामाथि शासन गर्ने अनि माथिकाले गल्ती गरे पनि आलोचना नगर्ने र तलकालाई कामदार ठान्ने प्रवृत्तिमा व्याप्त छ। भट्टराई भन्छन्, "बाँचुन्जेल नेतृत्वमा टाँसिइरहने, सान, शक्ति र रवाफका आधारमा पार्टी र सत्ता कब्जा गर्ने प्रवृत्ति नेताहरूमा छ।"
समाजवाद र साम्यवाद फलाकेर नथाक्नेहरू नातावाद, कृपावाद र सामन्तवादमा भासिएका छन्। पार्टीहरूमा उत्तराधिकारको खोजी र मर्यादाक्रमको लडाइँ छ। रहनसहन, प्राथमिकता, धनको आशक्ति, जीवनस्तर, समाजभित्रको फरक हैसियत, व्यवहार, बोलीचालीमा नेताहरूले राणा शासकहरूलाई नै पछ्याएका छन्।
"शास्त्रमा के छ र त्यसको माक्र्सवादी व्याख्या के हो भन्ने प्रसंग हाम्रो समाजका सन्दर्भमा फरक कुरा हुन्," अर्का एमाले नेता घनश्याम भुसाल भन्छन्, "प्रत्येक दलभित्र त्यो चरत्रि बोक्नेहरू मात्र होइन, त्यसविरुद्ध लडिरहेका मान्छेहरू पनि देखिन्छन्।"
नेता कि नवसामन्त ?
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नो घर अनावश्यक ठूलो बनाएको साथीभाइमाझ बताउने गरेका छन्। अर्थात्, आलिसान महलकै कारण राजनीतिक पृष्ठभूमि बिर्सेर आफूलाई सामन्ती भन्न थालिएको महसुस देउवालाई हुन थालेको छ। विवाहपछि रहनसहनमा पूरै बदलाव आएको आरोप खेप्दै आएका छन्, उनले।देउवाको प्रसंग त अब पुरानो भइसक्यो। एकीकृत माओवादी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित घरको चर्चा यतिबेला शिखरमा छ। सशस्त्र विद्रोहको नेतृत्व गर्दै भूमिगत जीवन त्यागेको ६ वर्षमै आलिसान बंगलामा बस्न पुगेका प्रचण्डमाथि नवसामन्तको आरोप लागिसकेको छ। अन्यत्र डेरा सर्ने पार्टी निर्णय गराए पनि अझै त्यसको सुरसार देखिँदैन।
१८ माघ ०६८ मा भारतीय न्युज पोर्टल वेबदुनियाँले आफ्नो हिन्दी संस्करणमा लेख्यो, 'नेपालमा लाल सामन्तवाद।' लाजिम्पाटस्थित नयाँ निवासका प्रसंगमा उक्त न्युज पोर्टलले विश्वको एक गरबि देशका नेता भईकन पनि प्रचण्ड दक्षिण एसियाका धनी नेताहरूमध्ये एक रहेको उल्लेख गर्दै उनको विलासितापूर्ण जीवनशैलीलाई लाल सामन्तवादको संज्ञा दिएको छ।
कुनै समय खम्पा विद्रोहीको बन्दुक खोसेर 'जनयुद्ध' थाल्न चितवनदेखि मुस्ताङसम्म रामबहादुर थापासित पैदल पुगेका प्रचण्ड अहिले मौका मिले एकै दिनमा चार/पाँचपटक पहिरन बदल्छन्। अरूलाई सामन्ती भनेर गाली गर्ने प्रचण्ड आफैँ एक नम्बरका सामन्ती बन्दै गएको उनकै पार्टीका नेताहरूको आरोप छ।
स्रोतका अनुसार प्रचण्डसँग लगभग चार दर्जन लुगाका सेट छन्। उनी महँगो स्वीस घडी बाँध्छन्। एप्पलको आइफोन बोक्छन्। पजेरो वा प्राडो चढ्छन्। अरू नेता-कार्यकर्तालाई भने १० हजार रुपियाँभन्दा माथिको फोन नबोक्न निर्देशन दिन्छन्।
उनी २१ वर्षदेखि पार्टी नेतृत्वमा छन् र पार्टीभित्र एकछत्र शासन चलाइरहेका छन्। प्रधानमन्त्री हुनासाथ प्रचण्डले सरकारी निवास बालुवाटारमा डेढ लाखकै खाट किन किने त ? घर, सवारी साधन र कार्यकर्तासँगको व्यवहारलाई सामन्ती प्रवृत्तिको प्रमुख आधार बनाइँदै आएको छ। सामान्यतः नेताहरू चढ्ने गाडीका बारेमा टीकाटिप्पणी हुनु नपर्ने हो। तर, सामान्य कारबाट काम चल्ने ठाउँमा महँगा र सुविधायुक्त गाडी छानेर उनीहरूले व्यवहारमै ठालु स्वभाव देखाएका छन्। यसले उनीहरूलाई जनताबाट टाढाटाढा पुर्याउँदै छ।
झट्ट हेर्दा कांग्रेस सभापति सुशील कोइरालाको जीवनशैली सादगीपूर्ण देखिन्छ। तर, उनको हातको घडीले उनकै सादगीपनको खिल्ली उडाइरहेको छ। महँगा जुत्ताका सोखिन हुन् उनी। त्यसमाथि करबि ७० लाख रुपियाँ मूल्यको सुजुकी ग्रान्ड भिटारा चढ्छन् । उनलाई यो गाडी पूर्वी पहाडी जिल्लाका एक कार्यकर्ताले उपहार दिएका हुन्।
कांग्रेसकै वरिष्ठ नेता देउवा सिटी सेन्टरको लुइभ स्टोरमा महँगा सपिङ् गर्न रुचाउँछन् । उनी पनि लगाउन, खानपिन गर्न र गाडी चढ्नमा खर्चालु मानिन्छन्।
उपसभापति रामचन्द्र पौडेल २७ लाख रुपियाँमा संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयबाट लिलाम बढाबढमा किनेको स्कोरपिओ चढ्छन्। कार्यकर्तासँग झडंग रसिाउने र सानोतिनो काम पनि अर्कैलाई अह्राएर लिन खोज्ने उनको बानीमा पनि सामन्तीपन नै देख्छन् कांग्रेस कार्यकर्ताहरू।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापति कोइरालाकै सिको गरेका छन्। उनी सुजुकी ग्रान्ड भिटारा चढ्छन्। सिटौला ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालको चण्डोलस्थित घरमा मासिक ६० हजार रुपियाँ भाडामा बस्छन्। उक्त भाडा तिर्ने उनको देखिने आम्दानी केही छैन, जमिनमाथि आश्रति छन् तर खेती गर्दैनन्। अर्का महामन्त्री प्रकाशमान सिंह सांसद सुविधाको पजेरो चढ्छन्। घरभाडाबाट मात्र मासिक करबि १२ लाख रुपियाँ उठाउने सिंह असहमत पक्षका कुरा सुन्न नचाहने स्वभावका छन्।
एमाले अध्यक्ष झलनाथ खनाल युरोपेली शैलीका टिपटप नेताका रूपमा चिनिन्छन्। उनीसँग यस्ता लुगा करबि २२ जोर छन्। आलोचना कम सुन्ने, विचार र क्षमतामा 'अपडेट' नहुने तथा नेतृत्वमा बसिरहनुपर्छ भन्ने मान्यता राख्ने खनालमा सामन्ती व्यवहार पाउँछन् एमाले नेता/कार्यकर्ता।पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त अझ पुरोहित परिवारमा जन्मेका हुन्। आफूभन्दा तल्लो तहका नेता, कार्यकर्तामाथि हप्कीदप्की र ठाडो व्यवहार तथा आलोचना नसुन्ने नेपालमा ठालु संस्कार झल्किन्छ।
एमाले नेता केपी ओलीमा बल, पैसा, लठैत र गुन्डाका आधारमा शासन गर्ने प्रवृत्ति छ। रोगले थलिएका नेपाली कांग्रेसका संस्थापक नेता दिवंगत कृष्णप्रसाद भट्टराई नागार्जुनस्थित ओशो तपोवन जाँदा तामदानमा बोकिएर गए। तर, हट्टाकट्टा एमाले अध्यक्ष झलनाथ खनालसमेत तामदानमा बोकिएरै तपोवन पुगे। लमजुङमा कार्यकर्ताको बुई चढेर नदी तरे।
त्यसैको सिको गर्दै माओवादी अध्यक्ष प्रचण्ड पनि रोल्पामा संविधानसभा निर्वाचनका दौरान कार्यकर्ताको पिठ्यूँ चढेरै नदी तरे। बाबुराम भट्टराई जाडोमा खाली खुट्टे कार्यकर्ताको बुईमा जुत्ता लगाएर बोकिएको तस्बिर एक अंग्रेजी साप्ताहिकले हालै सार्वजनिक गरेको छ।
कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्नो परिवारले अभ्यास गरेको सहज हुने व्यवहारलाई तिलाञ्जलि दिएकी छन्। उनी श्रम गर्दिनन्, उद्योगधन्दा र व्यवसाय छैन। जीवनस्तर उच्च छ, समाजप्रतिको दायित्वबोध न्यून। "नेपालमा जस्तो प्रवृत्तिलाई सामन्त भनिएको छ, त्यो सुजातामा ठ्याक्कै लागू हुन्छ," एक कांग्रेस केन्द्रीय सदस्य भन्छन्, "कोइराला परिवार हुनेखाने वर्गकै हो तर उनीहरूको व्यवहार र सोच सामन्ती छैन। कोइराला परिवारमा सुजाता मात्र अपवाद हुन्।"
उपप्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जापान गएर दाँत फेरेको चर्चा अझै सेलाएको छैन। कांग्रेसमा समाजवादी र कम्युनिस्टमा साम्यवादी चरत्रि लेस मात्र पनि छैन भन्नलाई सुजाता र नारायणकाजी राम्रा उदाहरण हुन सक्छन्।
मधेसमा सबैभन्दा सरल र त्यागी नेता भनिएका महन्थ ठाकुरको सोच र व्यवहार दुवैमा ठालुपन झल्किन्छ। पढेलेखेका नेता भनिएका हृदयेश त्रिपाठीलाई उनकै कार्यकर्ता सामन्त मान्छन्। मधेसी जनअधिकार फोरम नेपाल पटक-पटक फुट्नुको मुख्य कारण अध्यक्ष उपेन्द्र यादवमा गढेको सामन्ती सोचलाई मानिन्छ।
उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारमा ०४८ सालमा सुनसरीबाट चुनाव जितेर आएपछि वर्ग रूपान्तरण सुरु भएको मानिन्छ। त्यसयता उनको रहनसहन, बोलीचाली र व्यवहारमा ठालुपनको झझल्को पाउँछन्, नेता-कार्यकर्ता ।मधेसमा नेतालाई खुट्टा ढोग्ने प्रचलन बनाएका छन् नेताहरूले। ठाकुर मात्र होइन, मधेसका सबै नेताले खुट्टा ढोगाउँछन्। जसले खुट्टा ढोग्छ, त्यससँग खुसी हुन्छन् नेताहरू। "पहाडको जनजीविका राज्यको कोषमाथि आश्रति छ, जुन सहर केन्दि्रत छ," मधेस विश्लेषक तुलानारायण साह भन्छन्, "तराई कृषिमाथि आश्रति छ र गाउँकेन्दि्रत पनि।"
माला पनि कसले बढी किलोको लगाउने प्रतिस्पर्धा छ नेताहरूमा। सुदूरपश्चिम महोत्सवका बेला प्रचण्डले साढे १९ किलो र माधवकुमार नेपालले साढे ३४ किलोको माला भिरे। वामपन्थी नेता राधाकृष्ण मैनालीले आफ्नो घरमा दुईवटा कुकुर पाले भने दाजुलाई देखाउन सीपी मैनालीले घरमा आठवटा कुकुर पाले।
कांग्रेस नेता रामशरण महत कार्यकर्तालाई आफ्नो मोटरमा सकेसम्म 'लिफ्ट' दिन मान्दैनन्। देखेको नदेख्यै गरेर व्यक्तिगत सुरक्षाकर्मीका साथ हुइँकिन्छन्। उनी अव्यावहारकि त छन् नै, फरक विचारधाराका व्यक्तिहरूप्रति आक्रामक पनि। उनी तर्क र सही प्रस्तुतिले नसकेपछि हप्कीदप्कीमा उत्रन्छन्।
राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा 'नाति जर्नेल' नै भइहाले। सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कमल थापा, प्रकाशचन्द्र लोहनीलगायत पूर्वपञ्च नेताले दरबारकै छत्रछायाँ पाएका हुन्। पूर्वप्रधानमन्त्री थापाको जीवनशैली न त धनकुटामा हुँदा आमजनताको स्तरमा थियो, न काठमाडौँमै। "विभिन्न आन्दोलनले जनतालाई शोषण, अन्याय र अत्याचारबाट बाहिर निकालेर आत्मस्वाभिमान दिन खोजेका हुन्," राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता केशरबहादुर विष्ट भन्छन्, "तर, परविर्तनका घोषणा हुनासाथ पुरानै सामन्ती संस्कार र प्रभाव नेतामा झल्किन थाल्छ।"कुण्ठाग्रस्त मानसिकता र अह्राएर खाने प्रचलन मात्र सामन्ती सोच होइन। कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको भनाइमा पार्टीभित्र असहमत पक्षलाई स्वीकार नगर्ने परपिाटी पनि ठालु पारा हो। पाण्डे सामन्ती संस्कारमै हुर्केको सदस्यभन्दा फरक देखाउन नेताहरू असफल रहेको औल्याउँछन्। सामन्तकै सिको गर्दै नेताहरू सार्वजनिक मञ्चमा देखिँदैनन्, कोटरी कार्यक्रममै सीमित छन्।
कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यको भनाइमा नेताले आफ्ना कार्यकर्तालाई समान हैसियत दिन्छ कि दिँदैन भन्ने कुराले उसको सामन्ती चरत्रि झल्काउँछ। भन्छन्, "नेपालमा सामन्तीतन्त्र राजनीतिक रूपले समाप्त भइसकेको छ, आर्थिक रूपमा रहलपहल बाँकी छ।"
बदलिँदो सम्बन्ध
मारवाडी समुदायका व्यापारीको प्रवेश नहुँदासम्म शासकको मूल आम्दानीको स्रोत कृषि थियो। नेपालबाट जुटका बोरा युरोप निकासीसँगै मारवाडी व्यापारी उदाएपछि शासकको सम्बन्ध किसानबाट चुँडिएर व्यापारीतिर जोडिएको छ। बदलिएको त्यही सम्बन्धले फरक शैलीको सामन्तवादलाई जन्म दिएको छ, जसलाई नेताहरू स्वयं नवसामन्तवाद भन्न रुचाउँछन्। नेताको संरक्षण पाएपछि व्यापारीहरू वैध/अवैध गतिविधिमा संलग्न छन्।
यसले खासगरी ०४६ को परविर्तनपछि नेपालमा मौलाउने अवसर पाएको हो। व्यापारीको राष्ट्रियता र गतिविधिमाथि प्रश्न उठाएर डरमा राख्ने र उनीहरूबाट व्यक्तिगत लाभ उठाउने। उदाहरण हुन सक्छ, मोरङ जिल्लामा सबै दलका नेताहरूको त्यहाँका व्यापारी र आपराधिक पृष्ठभूमिका व्यक्तिहरूसँग रहेको बलियो साँठगाँठ। यही आयामसँगै प्रारम्भ भयो, राजनीतिमा अपराधीकरण।
भ्रष्टाचारबाट आर्जित सम्पत्तिले नेपालका सन्दर्भमा नयाँ प्रकारको सामन्तवादलाई जन्म दिएको छ। "राजनीतिक पार्टी र नेताहरूको निष्ठा डगमगाएको छ," कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे भन्छन्, "सत्तामा पुगेका नेता र पार्टी यसरी बिगि्रन्छन् कि समाजवाद पोलेरै खाइदिन्छन्, निष्ठावान् कार्यकर्ता भने छायाँमा पर्छन्।"
नेताका घरमा बिहानदेखि लाग्ने भीड राणाकालीन चाकडी प्रथाको निरन्तरता हो। विचारले नेतृत्व गर्न नसक्ने नेताले मान्छेको भीड देखाएर नेता भएको सान दिएको बुझ्न गाह्रो छैन।
सरकार-माओवादी पहिलो वार्ताकालमा रोल्पामा जनपरिषद र जनसेनाको पहिलो राष्ट्रिय भेलाका बेला दुई प्रकारका खाना तयार भयो। काठमाडौँबाट उक्त भेलामा गएका बुद्धिजीवीले माओवादीले खाद्य संस्कृतिको विकास गर्न नसकेको भन्दै आलोचना के गरेका थिए, भान्सा एउटै भयो। तर, त्यहाँ प्रचण्डको कुर्सी अग्लो बनाइएको थियो भने मोहन वैद्य र बाबुराम भट्टराईको कुर्सी सानो र होचो।
नेपालमा सामन्ती शब्द नकारात्मक भावमा व्यक्त गरनिे गरेको कांग्रेस केन्द्रीय सदस्य गगन थापाको बुझाइ छ। "सामन्तवादबारे वामपन्थी विश्लेषण गलत छ," थापा भन्छन्, "नेपाल सामन्ती चरणबाट बाहिर निस्किसक्यो।" उनको भनाइमा नेपालका कतिपय सामाजिक संरचना पुँजीवादमा पुगिसकेका छैनन्।
"नेपाली राजनीतिमा अहिले न माक्र्सवाद छ, न त समाजवाद र पुँजीवाद नै," कांग्रेस नेता मनमोहन भट्टराई भन्छन्, "ठ्याक्कै वादले व्याख्या गर्न सक्ने अवस्था अहिले छैन।"
सम्पूर्ण विभेद अन्त्यका लागि सशस्त्र युद्ध लडेका भए पनि सबैभन्दा सामन्ती कार्यशैली र चरत्रि माओवादी नेतृत्वमै देखिएको छ। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहका अनुसार दशकौँसम्म महाधिवेशन नगरी एकछत्र नेतृत्वमा बसिरहने, कसैको विरोध गर्नुपर्दा एकदमै तल्लो स्तरको आरोप लगाउने, पार्टीभित्र भिन्न मत राख्न नदिने, औकातभन्दा बढी तडकभडक देखाउने, अरूको ज्यादा नक्कल गर्नेलगायत माओवादी शैली सामन्ती छ।
एमाओवादीका प्रवक्ता अग्नि सापकोटा राजनीतिक नेतृत्वमा सामन्ती प्रभाव रहेको स्वीकार गर्छन्। "मात्रात्मक रूपमा धेरथोर होला। तर, हरेक दलमा सामन्तवादको जबरजस्त प्रभाव छ," सापकोटा भन्छन्, "गाउँगाउँबाट सामन्तवादको आधार खलबलिएको छ। तर, अवरोध अझै बाँकी छ।"
राजनीतिज्ञ तथा विश्लेषकको साझा मत के छ भने सामन्ती संस्कारमा व्यक्तिपूजा हुन्छ। आफूभन्दा माथिकालाई नैतिकताका सबै सीमा-बन्धन नाघेर चाकरी गर्छ। तलकालाई दास ठान्छ र निर्मम दमन गर्छ। सामन्तवादमा संस्थागत प्रणालीमा विश्वास नगर्ने, आफूले एकलौटी रूपमा निर्णय गर्ने, विधिको पालना नगर्ने, आफैँले बनाएको विधान नमान्ने, अरूप्रति हेपाहा व्यवहार देखाउने, सेवासुविधा एकलौटी उपभोग गर्न रुचाउने, सर्वसाधारणभन्दा हरेक कुरामा फरक देखिन खोज्ने प्रवृत्ति हुन्छ। पँुजीवाद संस्थागत प्रणालीमा विश्वास गर्छ। आफूले गरेको निर्णय गलत भएपछि र्फकन्छ। तर, सामन्तवाद निजी आदेश र स्वार्थमा चल्छ।
पञ्चायती धङधङी
सबै पार्टीका शीर्ष नेताहरूमा सामन्ती चरत्रि प्रबल रहेकाले उनीहरू निरंकुश भएका र राजनीतिक अस्थिरता निम्तिएको देखिन्छ। सबैजसो नेताले पञ्चायतकालमै आफ्नो 'करअिर' विकास गरेकाले उनीहरूमा सामन्ती चरत्रि हावी रहेको हुन सक्छ।एमाओवादी विदेश विभाग प्रमुख राम कार्कीको ठम्याइमा समाजमा सामन्तवादका धेरै साङ्ला टुटिसकेका छन्। तर, त्यसले तयार पारेको राजनीति, संस्कृति, चिन्तनधारालाई गणतान्त्रिक संस्कृतिले प्रतिस्थापन गर्न सकेको छैन। "सामन्तवादी व्यवस्था, संस्कृति, संस्कारको नायक राजतन्त्र हो। त्यसले तयार पारेको राजनीतिक संस्कृतिलाई नखलबल्याईकनै कांग्रेसले सरकार चलायो। कालान्तरमा कांग्रेस राजनीतिक संस्कृतिका दृष्टिले पञ्चजस्तै देखियो," कार्कीको कथन छ, "एमालेले कांग्रेसकै देखासिकी गर्यो। अहिले माओवादी पनि एमालेमा रूपान्तरण हुने खतरा बढेको छ।"
दलहरूकै कारण संविधानसभामा चुनिएर/छानिएर आएका प्रतिनिधिले लोकतान्त्रिक राजनीतिक अभ्यास गर्ने मौकै पाएनन्। पार्टीका नेताहरूले आफूलाई राजा फाल्न सक्ने रजौटाका रूपमा प्रस्तुत गरे। कार्की भन्छन्, "सामन्ती चिन्तन र कार्यशैलीको जबरजस्त प्रभावका कारण सबै पार्टीका शीर्ष नेताहरूले आफूलाई मालिक ठानेर संस्थागत निर्णय नगरेका हुन्।"
पूर्वमन्त्री राधाकृष्ण मैनालीको बुझाइमा बाहिरबाट हेर्दा पार्टीहरूले प्रजातान्त्रिक ढर्रा अपनाएका छन्, केन्द्रीय कमिटीदेखि गाउँ समितिसम्मको संगठन पनि बनाएका छन्। तर, संगठन सञ्चालनमा भित्रभित्र सामन्ती सोच/व्यवहार नै प्रभावी छ। "केही नेताहरूको मूल चरत्रि, संस्कार अहिले पनि सामन्तवादी प्रवृत्तिबाट निर्देशित छ," चीनका लागि पूर्वराजदूत तथा विश्लेषक टंक कार्की थप्छन्, "तर, अब त्यो संस्कार धेरै दिन टिक्न सक्ने अवस्थामा छैन।"
राजनीतिक रूपले सामन्तवादको परम्परागत व्याख्यामा राजतन्त्र पर्दै आएको हो। तर, त्यसको अन्त्यपछि संस्थागत रूपमा सामन्तवाद अस्तित्वमा छैन। त्यही सामन्तवादसँग संघर्ष गर्दै आएका राजनीतिक दलका अधिकांश नेताको पृष्ठभूमि भने निम्न र मध्यमवर्गीय हो। विडम्बना त के भने तिनै नेताहरूको सोच, व्यवहार र शैलीमा ठालु चरत्रि हावी हुन पुगेको छ।
(साथमा, दीपेन्द्र बडुवाल/विमल खतिवडा/नारायणगढ)
सामन्तवादको सिलसिला
बृहत् नेपाली शब्दकोश अनुसार सामन्तको अर्थ हो ः शक्तिशाली राजालाई कर बुझाउने साना राजारजौटा, राजा वा प्रमुख शासकको आड लिएर सर्वसाधारण जनतालाई शोषण गर्ने व्यक्ति, लिच्छविकालीन उच्च ओहदाको एक दर्जा ।
नेपालमा सामन्तवादको सुरुआत लिच्छविकालमा भएको हो । मल्लकालमा अझ समृद्ध भयो । राणाकालमा उत्कर्षमा पुग्यो । सामन्तवादको मुख्य आधार जमिन भएकाले तराई मधेसमा यसले संस्थागत रूप धारणा गरेको चाहिँ औलो उन्मूलनपछि हो । यससँगै सामन्तहरूले हजारौँ बिघा जमिन आफूले लिए ।
प|mान्सेली क्रान्तिको सेरोफेरोमा हेरिन्छ, ००७ सालको क्रान्तिलाई । सर्वसाधारणका नाममा जमिन दर्ता नै हुँदैनथ्यो । जनताले रैतीका रूपमा जमिनको भोगचलन गर्थे, बिक्री गर्न पाउँदैनथे । जमिन राज्यको थियो र त्यसमा राणाको हैकम चल्थ्यो । यद्यपि, प्रख्यात बेलायती लेखक लियो रोजले आफ्ना पुस्तक र लेखरचनामा राणाहरूलाई पनि सामन्त मानेका छैनन्, तानाशाह मात्र भएको उनको तर्क छ ।
राणाहरू ठालु संस्कृतिका परिचायक नै हुन् । त्यही समय चाकडी प्रथा बस्यो । बीपी कोइरालाको कथा दोषी चश्मा त्यही चाकडी संस्कृतिको प्रतिविम्ब हो । त्यसले अहिलेका राजनीतिक दल र तिनका नेता-कार्यकर्तामा समेत जरा गाडेको छ । सबैभन्दा पुरानो पार्टी कांग्रेस मात्र होइन, एमाले र एमाओवादीले पनि चाकडी संस्कारलाई नै निरन्तरता दिएका छन् ।
०१५ सालको पहिलो आमनिर्वाचनपछि बीपी नेतृत्वको पहिलो जननिर्वाचित सरकारले राजारजौटा, बिर्ता र जमिनदारीलगायत कुप्रथा ऐन बनाएरै उन्मूलनको घोषणा गर्यो । त्यसबाट अत्तालिएका राज्यबाट जमिनको रेखदेख र व्यवस्थापनको जिम्मा पाएका जमिनदारहरूले निर्वाचित सरकारविरुद्ध अभियान छेडे । देशभरका जिम्दारहरूले राष्ट्रिय सम्मेलन गरी दरबारमा लिखित उजुरी हाले । बीपी कम्युनिस्ट बनेका कारण उनलाई सत्ताबाट हटाउनुपर्ने माग जिम्दारहरूको थियो ।
त्यसैको पृष्ठभूमिमा ०१७ सालमा अर्को सामन्तवादी व्यवस्थाका रूपमा पञ्चायतको आरम्भ भयो । कांग्रेस नेता मनमोहन भट्टराई भन्छन्, "००७ सालको क्रान्तिपछि अन्त्य हुनुपर्ने सामन्तवादी चिन्तनले पञ्चायती व्यवस्थामा राजाको प्रत्यक्ष शासनमा पुष्पित र पल्लवित हुने मौका पायो ।"
०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले क्रान्तिकारी भूमिसुधारको घोषणा त गरे तर कार्यान्वयनमा सफलता पाएनन् । जमिन व्यवस्थापनको मुद्दा किनारा लगाउने अहिलेसम्मको अन्तिम प्रयास त्यही हो ।
"अहिले पनि देशको कुल गार्हस्थ उत्पादनको ८५ प्रतिशत कृषिले ओगट्छ । त्यसको अर्थ हाम्रो समाजको प्रकृति अझै जमिनमा आधारित छ र सामन्ती संस्कारबाट नेपाल अझै मुक्त भएको छैन," कांग्रेस नेता चक्र बाँस्तोला भन्छन्, "जो शक्तिमा पुगे पनि सामन्ती संस्कारबाट मुक्त हुन सक्दैन ।"
Comments